तालिमको उपलब्धि

नारी सञ्चार गृहले पत्रकारलाई अझ बढी पेशाप्रति दक्ष बनाउन तालिम सञ्चालन गरेको छ । झापाका क्रियाशील पत्रकारहरुलाई एकै ठाउँमा राखेर तालिम प्रदान गरिरहेको छ । त्यसमा पनि महिला पत्रकारलाई केन्द्रित गरेर तालिम आयोजना गरिनुले पत्रकारिताको दायरालाई फराकिलो बनाउने काम भएको छ । अबको पत्रकारिता कस्तो र कसरी गर्ने भन्ने विषयमा बहस सुरु भएको छ । अबको पत्रकारिता खोजमूलक हुनुपर्छ । नयाँ प्रविधि भित्रिएसँगै पत्रकारितामा अवसर र चुनौती दुवै थपिएको छ । त्यसैले पत्रकारले पुरानो शैलीलाई परिवर्तन गनुपर्ने आवश्यकता देखिन थालेको छ ।

पत्रकारिता समाजको ऐना हो । समाजलाई सही दिशातर्फ डोर्याउन पत्रकारले त्यही अनुसार आफूलाई परिवर्तन गर्दै लैजानु पर्छ । सूचना र प्रविधिले फड्को मारिरहेको अवस्थामा अब समाजमा नयाँ–नयाँ विषयको खोजी हुन पनि थालेको छ । त्यसैले पत्रकारले समाजमा लुकेका र लुकाइएका विषयवस्तुहरुलाई सत्यतथ्य बाहिर ल्याउनु पर्छ । पत्रकारले आफूलाई अझ दक्ष र जिम्मेवार बनाउन सक्यो भनेमात्र समाज रुपान्तरणमा सहयोग पुग्छ । यी र यस्ता चुनौतीलाई चिर्दै अघि बढ्न सकियो भने मात्र नेपाली पत्रकारिताको विकास हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: