अमितालाई न्याय देउ

dav

अर्जुनधारा–८ की अमिता गौतमलाई ससुराको मृत्युपछि घरमै काजकिरिया गर्न नदिएर गौतम परिवारले अमानवीय व्यवहार प्रदर्शन गरेको छ । ससुराको निधनपछि बुहारीले आशौच बार्नुपर्ने हाम्रो हिन्दु संस्कारमा चलिआएको परम्परा हो । तर, गौतम परिवारले अमितामाथि दुव्र्यहार गरेर आशौच बार्नसमेत अवरोध गरेको छ । उनीमाथि भएको गलत व्यवहारले हाम्रो समाज कतातिर गइरहेको भन्ने कुरा प्रष्ट पारेको छ । एउटी नारीमाथि परेको पीडामा समाजले न्याय दिन सक्नुपर्छ । अहिले अमिता हाम्रो समाजसँग न्याय मागिरहेकी छिन् ।

अमिताले घरैमा बसेर आशौच बार्न नपाउनुका पछाडि थुप्रै कारणहरु देखिएका छन् । उनी लामो समयदेखि घरेलु हिंसा पीडित भएको र गौतम परिवारबाट भयानक कुटपिटको शिकार भएकी छिन् । कुटपिट समेत गरी उनलाई काजकिरिया गर्न दिइएन । उनी छोरीहरु लिएर माइती नै फर्किन बाध्य भइन् । गौतम परिवारमा अंश मुद्दा चलिरहेको छ । अमिताले आफूले पाउने अंश मागेपछि गौतम परिवारले उनीमाथि गलत व्यवहार गर्न थाल्यो र घरबाट निकाल्यो ।
समाजमा बसेर अमानवीय व्यवहार प्रदर्शन गर्न कसैलाई छुट छैन । तर, गौतम परिवारले समाजलाई चुनौति दिँदै एउटी महिलामाथि पीडा र उनको अधिकार खोस्ने काम गरेको छ । अमिताको पक्षमा समाज उभिएको छ । उनको न्यायका लागि सिङ्गो समाजले आवाज उठाइरहेको छ । अमितालाई परेको पीडा अन्य महिलालाई पनि पर्न सक्छ । त्यसैले गौतम परिवारलाई कानुनी कारवाही गरी अमितालाई न्याय दिलाउन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: