असुरक्षा हटाउ

महिलामाथि हिंसाका घटना बढेको विभिन्न अध्ययनले देखाएका छन् । तर घटनाको निष्पक्ष अनुसन्धान र त्यस्ता दुष्कर्ममा संलग्न अभियुक्तलाई कार्वाही गर्ने निकायको तदारुकता भने सन्तोषजनक नहुनु ज्यादै दुःखद् हो । ट्युसन पढ्न गएकी वालिकाको लाश उखुवारीमा भेटिएका लगायतका जघन्य अपराधिक घटना यसै साता भएका छन् । झापा लगायतका विभिन्न जिल्लाका तथ्याङ्कको ग्राफमा बलात्कारका घटना उकालो लागिरहेको देखिन्छ । यसले महिलाका लागि हाम्रो समाज असुरक्षित प्रमाणित भइरहेको छ । सुरक्षामा खटिने गरेका प्रहरीहरु स्वयम् पनि यस्ता अपराधिक घटनाका खलपात्र भनिरहेका छन् । यी खेदजन्य घटना हुन् ।

महिलामाथि यौन दूव्र्यवहारको विषयमा दोषीमाथि प्रशासन कठोर बन्न नसक्दा अपराधीहरू प्रोत्साहित बन्ने गरेका छन् । अनुसन्धान गर्ने प्रहरी प्रशासन र दोषीलाई कानून बमोजिम दण्डित गर्ने न्यायालयले यस विषयमा चनाखो हुनु पर्ने खाँचो छ । विभिन्न जिल्लामा रहस्यमय भनिएका तर कतै न कतै हिंसासँग गाँसिएका अपराधका घटना बाक्लिरहेका छन् । हत्या र बलात्कारका अपराधमा समेत सरकार गम्भीर हुन सकेन भने त्योभन्दा नालायकी अरु केही हुन्न । राजनीतिक प्रभाव र दवावभन्दा अलग रहेर अपराधीमाथि कार्वाही गर्न सम्बद्ध निकायहरू चुक्नु हुँदैन ।

प्रदेश नं. १ मा विगत तीन वर्षमा एक हजार २९ वटा बलात्कारका घटना भएको तथ्याङ्क सार्वजनिक भएको छ । आव २०७४÷७५ मा मात्रै ३ सय ८४ वटा बलात्कारका घटना भएका छन् । काभ्रे र कञ्चनपुरमा यसै साता बालिकाको हत्या भएको छ । बालिका माथिको यो ज्यादति बढ्नुमा सुरक्षा संयन्त्रको कमजोरी एउटा पाटो हो भने दोषीमाथि फितलो कार्वाही प्रक्रिया अपराधलाई मलजल गर्ने अर्को कारण हो । राष्ट्रि«य मानवाधिकार आयोग र विभिन्न महिला अधिकारबादी संस्थाहरुले महिलामाथिका यौन हिंसाका घटनामा सरकारलाई गम्भीर बन्न ध्यानाकर्षण गराइसकेका छन् । तथापि सरकारले नयाँ कुनै कदम चालेको छैन । घरबाट स्कुल हिँडेका छोरीचेलीहरु असुरक्षित हुने र घर सुरक्षित रुपमा फर्किने हुन् कि होइनन् भन्ने असुरक्षाको वातावरण कायमै छ । सरोकारवाला निकायहरुले सुरक्षा र कानून कार्यान्वयनको पाटोलाई कसिलो बनाउन विलम्ब गर्नु हुन्न ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: