बाइक र स्कुटर साट्नेहरुको घुइँचो

विर्तामोड । सयपत्री ट्रेड लिङ्क विर्तामोडले आयोजना गरेको यामाहा मोटरसाइकल तथा स्कुटर महामेलामा सेवा लिन आउनेको घुइँचो लागेको छ ।

नेपालमा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन विक्री गर्दै आएको यामाहा कम्पनीले एक्सचेन्ज, मर्मत लगायतका सबै सेवा एकै ठाउँमा प्रदान गर्ने गरी महामेलाको आयोजना गरेको हो ।

सञ्चालक विनोद बस्नेतले चैत १३ देखि १६ गतेसम्म सञ्चालन हुने महामेलामा सयौं मोटरसाइकल तथा स्कुटी एक्सचेन्ज हुने र यामाहाका ग्राहकहरुले विभिन्न सुविधा पाउने बताए ।

विर्तामोडको भद्रपुर रोडमा सयपत्री ट्रेड लिङ्कको कार्यालय भए पनि त्यहाँ सडक विस्तार भइरहेको हुँदा महामेला कार्यक्रम पश्चिम लाइनको खड्का कम्प्लेक्स छेउमा सारिएको छ ।

पहिलो र दोस्रो दिन ग्राहकको घुइँचो निकै थियो । आयोजकले ग्राहकहरुलाई सेवा र सुविधाका साथै म्युजिक प्रोग्राम गरेर मनोरञ्जन समेत प्रदान गरेका छन् ।
कुनै पनि ब्रान्डको पुरानो बाइक तथा स्कुटर एक्सचेन्जका लागि ल्याउँदा न्यूनतम् रु. ३० हजार दिने गरेको कारण बाइक पारखीहरु महामेलामा आकर्षित भएका छन् ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: