गाउँपालिकाबाटै स्कुलको ठाउँसारी

बुधवारे । बुद्धशान्ति गाउँपालिकाले बाहिरबाट स्थानान्तरण भई आएको ब्लुहेवन इङ्लिश स्कुललाई सञ्चालनको अनुमति प्रदान गरेको छ ।

अर्जुनधारा नगरपालिका वडा नं. २ मा कक्षा १० सम्म पठनपाठन भइरहेको सो विद्यालय स्थानान्तरण भई बुद्धशान्ति गाउँपालिका वडा नं. ३ मा आएको हो ।

गाउँ कार्यपालिकाको बैशाख १२ गते बसेको बैठकले सो बिद्यालयलाई ठाउँसारी भई आउन अनुमति दिने निर्णय गरेको विद्यालयका अध्यक्ष शरद शिवाकोटीले जानकारी दिए ।

ब्लुहेवन ठाउँसारी भई आएको पहिलो सत्रमै करीव ७ सय नयाँ विद्यार्थी भर्ना भइसकेको प्रिन्सिपल राजेश सेढाइ बताउँछन् ।

ठाउँसारी अनुमति प्रदान गरेकोमा ब्लु हेवनले बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइलाई धन्यवाद ज्ञापन गरेको छ ।

बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनञ्जय कुमार शाहले हस्ताक्षर गरी विद्यालयलाई प्रदान गरेको स्थानान्तरण अनुमति पत्रमा प्रचलित शिक्षा ऐन २०२८ को दफा १५, शिक्षा नियमावली २०५९ को नियम १८५, जिल्ला शिक्षा समितिको राय, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ ज २, संस्थागत विद्यालय सञ्चालन मापदण्ड निर्देशिका २०६९ को बुँदा नं. २ र ३ समेतको आधारमा गाउँपालिकाको बोर्ड बैठकले विद्यालय सञ्चालन अनुमति प्रदान गरेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: