खेलकुदमा सलामी चल्छ, प्रमुख अतिथिको मानमर्दनप्रति आपत्ति

झापा । जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शंकर थापाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रमुख अतिथिको सलामीको विषयलाई लिएर सार्वजनिक भएका अभिव्यक्तिप्रति कडा आपत्ति प्रकट गरेका छन् ।

‘मार्चपासमा प्रमुख अतिथिले सलामी लिने चलन नौलो होइन, यो विश्वव्यापी नियम हो’ सोमबार आयोजित प्रतियोगिता समापन समारोहमा अध्यक्ष थापाले भने–‘तर, निम्ता गरेर बोलाइएका प्रमुख अतिथिमाथिको लाञ्छना र दुव्र्यवहार हामीलाई सह्य छैन ।’

खेल क्षेत्रलाई राजनीतिक थलोका रुपमा नबुझ्न सचेत गराउँदै उनले थपे–‘यो राजनीति गर्ने ठाउँ होइन, यो स्वतन्त्र क्षेत्र हो, यसलाई विभाजित गर्ने चेष्टा कसैले नगरे हुन्छ ।’

मार्चपासमा सहभागीहरुको मनोबल उच्च राख्न प्रमुख अतिथिले सलामी लिने अन्र्तराष्ट्रिय मान्यता रहँदै आएको चर्चा गर्दै अध्यक्ष थापाले कसैको चरित्र हत्या र मान मर्दन गर्ने छुट कसैलाई नभएकाले यस्तो हर्कत नदोहोर्याउन चेतावनी दिए ।

सलामीको सन्दर्भलाई जोडेर सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा नकारात्मक रुपले अभिव्यक्त भएका टिका टिप्पणीप्रति खेद प्रकट गर्दै उनले भने–‘सलामीको स्थापित मान्यतालाई बुझ्न सम्बन्धित पक्षलाई मेरो आग्रह छ, आयोजक र प्रमुख अतिथिलाई बद्नाम गर्ने दुस्साहसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

सलामीको सन्दर्भलाई जोडेर खेल क्षेत्रलाई विवादित बनाउनेप्रति चनाखो रहन आग्रह गर्दै उनले भने–‘खेलकूद प्रतियोगितामा निम्त्याइएका अतिथिको प्रतिष्ठामाथि आँच पुर्याउनेलाई सामाजिक रुपमा सचेत गर्न आवश्यक छ ।’

भब्य भयो झापास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
११ औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार समापन भएको छ ।

जिल्ला खेलकूद विकास समितिले गत शनिबारदेखि सञ्चालन गरेको प्रतियोगितामा स्थानीय तहस्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले भाग लिएका थिए ।

भद्रपुरस्थित मेची रंगशालामा सञ्चालित प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेलमा खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए ।

झापाका १५ वटा स्थानीय तहमा सम्पन्न भएका प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका टिम र खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा भाग लिएका हुन् ।

राष्ट्रिय खेलकूद परिषद्ले प्रत्येक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयका मावि तहसम्म अध्ययन गर्ने १८ वर्षमुनीका विद्यार्थीहरु सहभागी हुँदै आएका छन् ।

जिल्लास्तरीय छनौट प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने टिम र खेलाडीले आउँदो २५ र २६ गते सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगितामा भाग लिनेछन् ।

प्रदेशस्तरीय छनौटमा उत्कृष्ट स्थान हाँसिल गर्ने टिम र खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।

तीन दिवशीय सो प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले गत शनिबार गरेका थिए ।

प्रतियोगिता उद्घाटनको अवसरमा खेल क्षेत्रमा अनवरत् रुपमा योगदान पुर्याउँदै आएका विभिन्न खेल विधाका खेलाडी र प्रशिक्षकलाई नगदराशीसहित सम्मान गरिएको थियो ।

प्रतियोगिता उद्घाटनको सन्दर्भ पारेर जिल्ला खेलकूद विकास समितिले भानु साहित्यिक प्रतिष्ठान झापालाई अक्षय कोष स्थापनार्थ नगद ३ लाख रुपैयाँ प्रदान गरेको थियो ।

अक्षय कोषको ब्याज रकमबाट प्रत्येक वर्ष एक जना खेलाडीलाई सम्मान गर्ने गरी प्रदान गरिएको सो रकम प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले ग्रहण गरेका थिए ।

प्रतिष्ठानलाई प्रदान गरिएको उक्त रकम राखेपले निर्धारण गरेका मापदण्डका आधारमा देशभरका जिल्ला खेलकूद विकास समितिमध्ये उत्कृष्ट घोषणा हुँदै झापाले सम्मान स्वरुप प्राप्त गरेको हो ।

उद्घाटन समारोहका प्रमुख अतिथि पोर्तेल र जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शंकर थापाले सो नगदराशी संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

उद्घाटनका क्रममा लिम्बू र सन्थाल जातीको साँस्कृतिक पहिचान झल्काउने झाँकी, सहभागी खेलाडीहरुबाट मार्चपास, जुडो तथा उसु खेल प्रदर्शन र भद्रपुरस्थित कृष्ण द्वैपायन गुरूकुल वेद विद्याश्रमका वटुकबाट स्वस्ती वाचन भएको थियो ।

प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छानिए
एक नम्बर प्रदशेस्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने झापा जिल्लाका खेलाडीहरु छनौट भएका छन् ।

प्रतियोगितामा समावेश भएका खेलमध्ये कराते विधामा महिला र पुरुष गरी ६ जना खेलाडी छनौट भएका छन् ।

निर्णायक संयोजक कालु मेचेका अनुसार विभिन्न तौल समूहमा प्रथम स्थान हाँसिल गर्ने खेलाडी छनौट भएका हुन् । छानिएकाहरुमा छात्रातर्फ ४० केजी तौल समूहमा ओशिष श्रेष्ठ, ४५ केजीमा श्रद्धा दर्लामी र ५० केजीमा इना लावती छन् ।

छात्रतर्फ ४२ केजी तौल समूहमा दिवश श्रेष्ठ, ४७ केजी तौल समूहमा अरुण लिम्बू र ५२ केजीमा कुशल रामदाम छन् ।

त्यस्तै, तेक्वान्दोको छात्रातर्फ ४२ केजी तौल समूहमा कुशुम लिम्बू, ४४ केजीमा सीमा बानियाँ र ४६ केजीमा पूजा तामाङ छानिएका छन् ।

निर्णायक संयोजक प्रदीप श्रेष्ठका अनुसार छात्रतर्फ ४५ केजी तौल समूहमा विवेक गिरी, ४८ केजीमा गोविन्द राई र ५१ केजीमा सजित बुढाथोकी छन् ।

एथ्लेटिक्सका निर्णायक संयोजक गोपाल यादवका अनुसार विभिन्न इभेन्टस्मा छात्रतर्फ सनम निङ्लेखु, अजय तामाङ, लाजेहाङ थेवे, राजेश राजवंशी, यामनाथ अधिकारी, राजीव ढुङ्गाना, लीलाबहादूर भित्रिकोटी, भूपेन्द्र राई, सुमन लावती, लक्ष्मण अधिकारी र बिराज बस्नेत जिल्ला छनौट भए ।

त्यस्तै, छात्रातर्फ कञ्चन विमली, सलिना तामाङ, मिनिला तामाङ, अञ्जली दर्जी, सन्ध्या शर्मा, प्राप्ति खरेल, कुसुम खतिवडा, भवानी कामती, सविना दर्जी, सविता टुडु र आशिका राजवंशी छानिए ।

कबड्डीको छात्रातर्फ अञ्जली साह, यूनिका लावती, सिमरम कालीकोटे, जानवी रञ्जितकार, रोमा ऋषिदेव, नुना हाङ्बो, सुष्मा बेगम, प्रिया कार्की, पूजा राजवंशी छानिएका निर्णायक संयोजक रतिया राजवंशीले बताए ।

छात्रतर्फ विवश थापा, बिवल थापा, दिपक राजवंशी, प्रकाश राजवंशी, केशव खरेल, सलमान मेचे, अमर मेचे, उद्धव बराइली र अजय ताजपुरीया छानिए ।

निर्णायक संयोजक हेमा थापाका अनुसार भलिबलको छात्रातर्फ झरना राजवंशी, कुमारी कुवँर, समिका सार्की, मनिषा चौधरी, नेगिसा गौतम, दिक्षा गौतम, कविसा खड्का, स्वस्तिका अधिकारी र ममता बस्नेत छानिए । छात्रातर्फ मुकेश भट्टराई, अभिषेक फागो, राज राई, राजन निरौला, दिनेश अघोरी, सुशील राई, अभि राजवंशी, पंकज साह र अनिश सुन्दास छानिए ।

निर्णायक संयोजक रविन श्रेष्ठका अनुसार उसुको छात्रतर्फ सिद्धार्थ प्रधान, रञ्जित चाम्लिङ राई र सुजन श्रेष्ठ छानिए भने छात्रातर्फ आशंसा श्रेष्ठ, रोशनी लिम्बू र रिया श्रेष्ठ छनौट भएका छन् ।

धुलाबारीलाई सातौँ पटक राष्ट्रपति रनिङ शिल्ड

जिल्ला उत्कृष्ट हुने खेलाडी पुरस्कृत
जिल्लास्तरीय प्रतियोगितामा समावेश भएका विभिन्न ६ वटा खेल विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कृत गरिएको छ ।

सो प्रतियोगितामा धुलाबारी मावि मेचीनगर प्रथम, जनता मावि अर्जुनधारा द्धितीय र विभूति विद्या मन्दिर भद्रपुर तृतीय भएका कार्यालय प्रमुख टहलदाश मैनालीले जानकारी दिए ।

उक्त प्रतियोगिताको उपाधि हात पारेको धुलाबारी माविले शिल्डसहित प्रमाण पत्र पाएको छ ।

जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भई प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने ७६ जना खेलाडीलाई मेडल र प्रमाण पत्रसहित पुरस्कृत गरियो ।

उनीहरुलाई कार्यक्रमका सभापति जिल्ला खेलकूद विकास समिति अध्यक्ष शंकर थापा, कोषाध्यक्ष धर्मराज शिवाकोटी, सदस्य पूर्णकुमार सिटौला, प्रा.डा. पृथ्वीविक्रम राई, कराते वरिष्ठ प्रशिक्षक कालु मेचेलगायतले पुरस्कृत गरेका हुन् ।

सो कार्यक्रममा खेल क्षेत्रको विकासका लागि योगदान पुर्याए बापत हल्दिबारी गाउँपालिका, मेची रंगशालाको निर्माणमा सक्रियतापूर्वक खटिएका ठेकेदार टोलिन राजवंशी र एथ्लेटिक्सको राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी खिनकुमारी बराललाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: