बीएन्डसीमा नयाँ प्रिन्सिपल आएपछि

विर्तामोड । आगामी मङ्सिरदेखि एमबीबीएसको पठनपाठन सुरु गर्न लागेको बीएन्डसी मेडिकल कलेजले त्योभन्दा अघि जनस्तरमा सम्बन्ध सुदृढीकरणका लागि केही नौला अभियान चलाउने भएको छ ।

बीएन्डसीमा प्रिन्सिपलको रुपमा अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त प्रोफेसर डाक्टर रामप्रसाद उप्रेतीले कार्यभार सम्हालेपछि पहिलोपल्ट नौलो अभियानमा बीएन्डसी अघि बढेको हो ।

विहीवार पत्रकार सम्मेलन गर्दै प्रिन्सिपल उप्रेतीले अर्को हप्तादेखि विद्यार्थीलाई निःशुल्क प्राथमिक उपचार (फस्टएड) तालिम दिने घोषणा गरे ।

उनका अनुसार नगरपालिका तथा गाउँपालिकाको शिक्षा समिति, प्याब्सन र एनप्याब्सनसँग समन्वय गरेर छनौट गरिएका विद्यार्थीलाई बीएन्डसी हस्पिटलमै ल्याएर एक हप्ते फस्टएड तालिम दिन लागिएको हो ।

यो तालिम निरन्तर सञ्चालन हुने र यसबाट हजारौं विद्यार्थीले लाभ पाउने उनको भनाइ छ ।

‘तालिम वापत एक पैसा कसैसँग लिइने छैन’, प्रिन्सिपल उप्रेतीले पत्रकार सम्मेलनमा भने–‘समुदायलाई सेवा पुर्याउनु सामाजिक उत्तदायित्व हो भनेर हामी यो अभियानलाई झापा, इलाम, पाँचथर र ताप्लेजुङमा विस्तार गर्नेछौं ।’

उनले बीएन्डसी हस्पिटल आफैले समुदायलाई निःशुल्क लाभ पुर्याउने हेतुले योग शिविर, ध्यान शिविर र लाइफस्टाइल क्लिनिक सञ्चालन गर्ने घोषणा गरेका छन् ।

‘एलोपेथी उपचार गर्ने डाक्टरहरुले किन योग र ध्यान शिविर गर्नु पर्यो भनेर मानिसहरुले आश्चर्य मान्दै प्रश्न गर्न सक्छन्’, प्राडा उप्रेतीले अभियानको औचित्य दर्शाउँदै भने–‘एलोपेथी प्रचलनमा आएको केही सयवर्ष मात्र भयो होला, त्यसभन्दा अघिका मानिस झन् स्वस्थ थिए, त्यसको राज भनेको योग र ध्यान नै हो ।’

आयुर्वेदिक र नेचुरोपेथी उपचार पद्धतिलाई जीवनमा लागू गरियो भने मानिक जहिल्यै स्वस्थ बन्ने धारणा व्यक्त गर्दै बीएन्डसी हस्पिटलले भारतको पतञ्जलि योग केन्द्रसँग सहकार्यका लागि समेत प्रक्रिया सुरु गर्न लागेको उप्रेतीको भनाइ थियो ।

यसैविच, उनले ४४ वर्षदेखि प्रिन्सिपल लगायतका विभिन्न पदमा बसेर सेवा गरिरहेको महाराजगञ्ज मेडिकल कलेज काठमाडौंबाट यही साउन ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिए ।

‘उताको पदावधि अझै ६ महिना थियो, तर मैले आफ्नै जिल्लाको आफु पढेको जिल्लाको बीएन्डसी हस्पिटलमा सेवा गर्ने अवसरलाई रोज्न पुगेको छु’–प्राडा उप्रेतीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: