मेचीनगरकी उपमेयरलाई पितृशोक

मेचीनगर । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीलाई पितृशोक परेको छ ।

उपप्रमुख उप्रेतीका पिता रुद्रप्रसाद पोखरेलको बिहीबार ८८ वर्षको उमेरमा विराटनगरमा निधन भएको हो ।

विराटनगर–१४ स्थित रोडशेषस्थित निवासमा पोखरेलको दिउँसो ८ वजेर ५० मिनेटमा निधन भएकोे पारिवारिक स्रोतले जनाएको छ ।

श्वासप्रश्वास रोगबाट पीडित पोखरेललाई केही दिनदेखि मोरङ सहकारी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो ।

उनको शुक्रबार स्थानीय हाटखोलामा अन्त्येष्टि गरिने बताइएको छ । उनकी श्रीमती डम्बरकुमारी, तीन छोराहरु डा.उद्वव पोखरेल, रमेश पोखरेल र डिल्ली पोखरेल तथा सात छोरीहरु राधा शिवाकोटी, कमला रिजाल, मीना उप्रेती, झुमा पाठक, प्रमिला सुवेदी, चन्द्रा चिमरिया र हिमा ओझा छन् ।

डा.उद्वव महेन्द्र मोरङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख र प्याब्सनका केन्द्रिय सदस्य हुन् । रमेश राष्ट्रिय सहकारी बैङ्कका पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक सदस्य हुन् भने डिल्ली पोखरेल जिल्ला सहकारी सङ्घ मोरङका अध्यक्ष, महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक र नेपाल पत्रकार महासङ्घ मोरङका पूर्व सचिव समेत हुन् ।

त्यस्तै छोरी झुमा पाठक विराटनगर उपमहानगरपालिकाकी वडा सदस्यसमेत हुन् ।
वि.सं. १९८८ फागुन १५ गते जन्मिएका पोखरेल मृदुभाषी, समाजसेवी र उदाहरणीय अभिभावक थिए । पोखरेलको परिवार नै कम्युनिस्ट आन्दोलनमा सक्रिय र आस्थावान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: