तीन महिनादेखि अलपत्र शोभाको युएईबाट उद्धार

शोभा न्यौपाने

कनकाई । संयुक्त अरब इमिरेट्स (युएई)मा तीन महिनादेखि तलब नदिइएपछि अलपत्र भएकी कनकाई–४ सुरुङ्गाकी ३४ वर्षीया शोभा न्यौपानेको उद्धार गरिएको छ । उद्धारपश्चात उनी शुक्रवार काठमाडौं आइपुगेकी छन् ।

झापाली समाज युएईको समन्वयमा नेपाली दूतावास अबुधाबीले उनको उद्धार गरेको हो ।

युएईको उत्तरी राज्य रासलखेमामास्थित रकिज अमार क्लिनिङ कम्पनीमा उनी कार्यरत थिइन् । उनी काठमाडौं आइसकेको उनका पति दिलबहादुर न्यौपानेले बताए ।

काम दिने कम्पनीले तलब रोकेपछि अलपत्र भएको भन्दै दिलबहादुरले झापाली समाज युएईलाई उद्धारमा सघाइदिन अनुरोध गरेपछि नेपाली दूताबासको पहलमा उद्धार गरिएको अबुधाबीस्थित झापाली समाज युएईमा आवद्ध पत्रकार रामप्रसाद ढुङ्गेलले बताएका छन् ।

शोभालाई काठमाडौंको पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रालिले एक वर्ष अघि क्लिनरको काम दिने भनी यूएई लगेको थियो ।

कम्पनीले काम र तलब नदिएर अलपत्र पारेकाले शोभा झापाली दिदीबहिनी र नेपाली दूताबासको शरणमा थिइन् ।

दूतावासले ट्राभल डकुमेन्ट बनाएर शोभालाई नेपाल पठाएको र त्यसमा लागेका करिब ४५ हजार रुपैयाँ म्यानपावर कम्पनीलाई व्यहोर्न लगाएको छ ।

उनको उद्धार कार्यमा समन्वय गरेका झापाली समाज युएई रासअलखेमा क्षेत्रका अध्यक्ष खगेन्द्र बुढाथोकीले दिएको जानकारी अनुसार न्यौपाने कार्यरत कम्पनीले तलब सुविधा रोकेको र एक महिनादेखि काममा नलगाई अलपत्र बनाएको पीडित न्यौपानेको अवस्थाको बारेमा पीडितका पति दिलबहादुरले झापाली समाज युएईका महासचिव मणि सुवेदीलाई पहिलो जानकारी दिएका थिए ।

सुवेदीले सम्बन्धित क्षेत्रका अध्यक्ष खगेन्द्र बुढाथोकीलाई जानकारी गराएपछि पीडित न्यौपाने दुतावासको सेल्टरमा शरण लिन पुगेकी थिइन् ।

रासअलखेमादेखि अबुधाबीस्थित नेपाली दूतावास पुर्याउन एनआरएनए आरसीसी अबुधाबी अध्यक्ष दुर्योधन कार्कीले सहजीकरण गरेका थिए ।

आफुलाई घर फर्काइदिन कम्पनीसँग आग्रह गर्दा पासपोर्ट अध्यागमनमा बुझाएको भन्दै न्यौपानेलाई अन्योलमा राखेको थियो ।

दूतावासका श्रम कन्सुलर भेषबहादुर कार्की र श्रमसहचारी मोतीराम भुषालले सम्बन्धित कम्पनी र म्यानपावर कम्पनीलाई क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिए पश्चात् उनको उद्धार प्रक्रिया अगाडि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: