संघको स्थापना दिवसमा महिला हिंसाविरुद्ध लड्ने निष्कर्ष

मेचीनगर । नेपाली प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघको योगदान अतुलनीय छ । प्रखर नेतृ मंगलादेवी सिंहको नेतृत्वमा स्थापना भएको संघले राणा शासनविरोधी आन्दोलनमा महिलाहरुलाई उतारेको इतिहास छ ।

राणाशासन र पञ्चायती शासनविरुद्ध मात्र नभएर लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि समेत उत्तिकै संघर्षरत् नेपाल महिला संघको ७२ औं स्थापना दिवस झापाको मेचीनगरमा शुक्रवार धुमधामका साथ मनाइयो ।

संघको झापा १ नं. क्षेत्रीय समितिको आयोजनामा धुलावारीमा स्थापना दिवस अवसर पारेर आयोजित सचेतना कार्यक्रममा महिला हिंसाविरुद्ध महिलाहरुले सामूहिक रुपमा लड्नु पर्ने निष्कर्ष निकालिएको थियो भने संघको इतिहास र महिला नेतृ मंगलादेवी सिंहको योगदानको वृहत चर्चा गरिएको थियो ।

नेपाल महिला संघ झापा क्षेत्र नं. १ की क्षेत्रीय समिति सभापति रचना घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका क्रान्तिकारी जुझारु नेता याम भण्डारी प्रमुख अतिथि रहेका थिए ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति राम कट्टेल, पार्टीका क्षेत्रीय सभापति मणिकुमार उप्रेती, नगर सभापति इन्द्र बहादुर बुढाथोकी, जिल्ला सदस्य पुष्प पौडेल, महाधिवेशन प्रतिनिधि दुर्गा खतिवडा, संघका जिल्ला सदस्यहरु जमुना खड्का र कान्ता श्रेष्ठ, संघका महिाधवेशन सदस्यहरु उषा निरौला, राधिका निरौला, गीता ढुंगाना र विष्णुमाया (मैया) उप्रेती, संघकी नगर सभापति शान्ता चौधरी, मीरा पोखरेल, अनिता बंशल, सीता पोखरेल लगायतको सो अवसरमा उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि याम भण्डारी, विशेष अतिथि राम कट्टेल, नगर सभापति शान्ता चौधरी, अनिता बंशल, शान्ता निरौला, नमुना निरौला, सीता पोखरेल, मीरा पोखरेल र विष्णुमाया (मैया) उप्रेतीले सो अवसरमा मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: