दोब्बर भयो कल्पवृक्षको शेयरपूँजी

।। लक्ष्मी उप्रेती ।।
धुलावारी । मेचीनगर–१० स्थित कल्पवृक्ष कृषि सहकारी संस्थाले एक वर्षमा शेयरपूँजी दोब्बर बनाउन सफल भएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ मा २९ लाख ९८ हजार ४ सय रुपैयाँ रहेको शेयरपूँजीलाई कल्पवृक्ष सहकारीले आर्थिक वर्ष २०७५÷०७६ मा १२४ प्रतिशतले बढाएर ६७ लाख ७ हजार ६ सय रुपैयाँ पुर्याएको छ ।

संस्थाको शनिबार सम्पन्न १२ औँ वार्षिक साधारण सभामा अध्यक्ष ललितबहादुर बोहोराले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उक्त विवरण उल्लेख छ ।

संस्थाले ऋण लगानी समेत १ सय ६४ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा ६६ लाख ६५ हजार ३ सय १५ रुपैयाँ लगानी भएकोमा वितेको आर्थिक वर्षमा १ करोड ७६ लाख ५१ हजार ६३ रुपैयाँ पुगेको छ ।

संस्थामा खराव कर्जा शुन्य दशमलव १९ र भाखा नाघेको कर्जा १ दशमलव ७९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

३५ जनाले १ हजार रुपैयाँका दरले शेयर पूँजी संकलन गरेर सुरु गरेको यो सहकारी संस्थामा हाल १ हजार २ सय ८० शेयर सदस्य रहेका छन् ।

संस्थाले चालु आर्थिक वर्षदेखि सबै सदस्यहरुलाई २ वटा मेवाको बोट रोप्ने अभियानमा सहभागी गराउने भएको छ ।

संस्थाको साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी संघका पूर्व सञ्चालक सदस्य एवम् नेपाल वहुउद्घेश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले गरेका थिए ।

उप्रेतीले सहकारीलाई एउटा सवारी साधनसँग तुलना गदैं जसरी सवारी साधनलाई सफलरुपमा गन्तव्यमा पुर्याउन कुशल चालकको आवश्यकता पर्छ त्यसरी नै सहकारीलाई सफलरुपमा जनतामाझ पुर्याउन नेतृत्व सफल र सक्षम हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाले वर्ष उत्कृष्ट कृषकका रुपमा अग्निप्रसाद पौडेललाई सम्मान स्वरुप गाई दुहुने मेशीन प्रदान गरेको छ । यसैगरी, वर्ष उत्कृष्ट वचतकर्ता अनिषकुमार चौधरी, गोमादेवि राई, वर्ष उत्कृष्ट ऋणि शेख वसिर आलम, वर्ष उत्कृष्ट कर्मचारी मीना धिमाल, ज्येष्ठ नागरिक कृष्णप्रसाद शर्मालाई नगद तथा दोसल्ला ओढाएर प्रशंसा पत्रसहित सम्मान गरिएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि मेचीनगर–१० का वडाध्यक्ष सुदय पनेरु, जिल्ला सहकारी संघ झापाका प्रशिक्षक तेजप्रसाद चौलागाईँ, मेचीनगर नगरपालिका कार्यपालिका सदस्य कृष्ण कनाल, मेची उद्योग बाणिज्य संघका महासचिव ध्रुव कनाल, धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष अजय घिमिरे, नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखा अध्यक्ष कुशुम कोइरालालगायतले बोलेका थिए ।

संस्थाको कृषि उपसमितिका संयोजक चन्द्र तिवारीले सञ्चालन गरेको कार्यक्रममा संस्थाको उपाध्यक्ष थिन्कु नेम्वाङले स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: