मेचीनगरका व्यूटिसियनले मनाए तीज


मेचीनगर । मेचीनगर व्यूटीसियन परिवारले तीजको अवसरमा मङ्गलबार बाल उद्धार केन्द्र नेपालका बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ ।

नगरका संगठित व्यूटिसियनले तीज खर्च कटाएर उनीहरुलाई चालम, दाल, चाउचाउ, शैक्षिक सामाग्री केन्द्रका अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।

काँकरभिट्टास्थित खानेपानीको सभाहलमा मेची उद्योग बाणिज्य संघकी उपाध्यक्ष विना तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति महिला महासंघकी जिल्ला अध्यक्ष माया गुरुङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्की, सशस्त्र प्रहरी प्रहरी प्रमुख ज्ञानमणि पौडेल, स्काउटकी जिल्ला आयुक्त भुवन सुब्बा, मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी तामाङ, मेचीनगर–१० की सचिव लक्ष्मी राई, जिल्ला व्यूटिसियन संघकी पूर्व सचिव सरिता लिङ्देन, नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाकी अध्यक्ष चन्दा राईको अध्यक्षतामा भएको कार्यक्रममा तीजको गीतमा सामूहिक तथा प्रतियोगितात्मक नृत्य भएको थियो । नारी सञ्चार गृहकी सदस्य भूमिका सुब्बाले सञ्चालन गरेको कार्यक्रममा तीन दर्जन बढी व्यूटीसियन महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा महिलाहरुले सामूहिक रुपमा दर समेत खाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: