प्रधानमन्त्री ओलीकै नेतृत्वमा पाँच बर्ष सरकार सञ्चालन

भद्रपुर । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्यूनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच बर्षसम्म सरकार सञ्चालन हुने बताए ।

झापाको चन्द्रगढीमा शुक्रवार प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले मन्त्रीमण्डल हेरफेर हुन सक्ने अवस्था आए पनि प्रधानमन्त्री ओलकै नेतृत्वमा पाँच बर्ष सरकार सञ्चालन हुने बताएका हुन् ।

पार्टी एकीकरणको विषयले एक वर्षसम्म पार्टीका काममा केही गतरोध आए पनि एकताका प्रक्रिया केन्द्रदेखि गाउँ–टोलसम्म नै टुंगिसकेकाले सबै तहका कमिटीहरु अब पूर्णरुपमा चलायमान हुने उनले बताए । उनले भने, ‘पार्टी चलायमान भइसकेको छ, अब तिनै तहका सरकारलाई गतिशील बनाउन लागि पर्नेछ ।’

नेता खनालले वर्तमान सरकारले संविधान कार्यान्वयन, संघीय शासकीय स्वरुपअन्तर्गतका ऐन–कानूनहरु निर्माण र लागू गर्ने सन्दर्भमा उल्लेख्य काम गरेर सरकारको अभिभारा कार्यान्वयन गर्दै लगेको दाबी गरे । सरकारले ल्याएका केही विधेयकहरु विवादास्पद देखिएकोले ती विधेयकका विषयमा छलफल गरेर अघि बढ्नुपर्ने उनको भनाई छ ।

नेता खनाल आजदेखि भद्रपुर जेसीजको आतिथ्यमा भद्रपुरमा हुन लागेको नेपाल जेसीजको क्षेत्र क सम्मेलनको उद्घाटनका लागि झापा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: