धुलाबारी महिला बचत समूहको अध्यक्षमा बसन्ती

 मेचीनगर । धुलाबारी महिला बचत समूहको शनिवार इलामको कन्याममा भएको चौथो अधिवेशनले बसन्ती सुब्बाको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा रीता अधिकारी, सचिवमा लक्ष्मी पौडेल, सहसचिवमा गंगा ढकाल र कोषाध्यमा अप्सरा भट्टराई सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा कमला श्रेष्ठ, बबिता सुवेदी, अनिता सुवेदी र रीता ढकाल चयन भएको निर्वाचन समितिकी संयोजक अम्बिका भण्डारीले जानकारी दिइन् ।

यसैगरी, लेखा समिति संयोजकमा सुनिता शर्मा, सदस्यमा रेजिना कार्की, ऋण समिति संयोजकमा मिना निरौला, सदस्यमा मीना घिमिरे र सल्लाहकार समितिमा पूर्व अध्यक्षत्रय रमा दवाडी, सुभद्रा अर्याल, शोभा खवास, रेणुका डाँगी, चन्द्रा शर्मा अधिकारी चयन भएको संयोजक भण्डारीले बताइन् ।

नव निर्वाचित अध्यक्ष बसन्ती सुब्बाले समूहलाई संस्थागत रुपमा दर्ता गरेर लैजाने, महिलाहरुको क्षमता अभिवृद्धि र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, महिलाहरुले आत्मनिर्भर बन्न सञ्चालन गरेका व्यापार व्यवसायलाई सहयोग पुग्ने तालिमलगायतका कार्य गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

भण्डारी संयोजक रहेको निर्वाचन समितिका सदस्यमा समूहकी पूर्व अध्यक्ष सुभद्रा नेपाल र रेणुका डाँगी रहेका थिए ।

…………………………………………..
शेयर पूँजी झण्डै चालीस लाख

यसैगरी, धुलाबारी महिला बचत समूहको चौथो अधिवेशनको उद्घाटन संस्थाकी पूर्व अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि सुभद्रा नेपालले गरेकी थिइन् ।

बर्षौदेखि राजनीतिक, आर्थिक, सामाजिक पक्षमा महिलाहरुप्रति भएको असमान व्यवहार र अवसरहरुविरुद्ध लड्न र महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले वि.सं. २०६८ सालमा यो संस्थाको स्थापना भएको हो ।

विभिन्न पेशा र व्यवसायमा आवद्ध भएका ३५ जना महिलाले मासिक एक हजार रुपैयाँ जम्मा गरेर सुरु गरेको संस्थामा हाल ३९ लाख ८६ हजार ५०२ रुपैयाँ शेयर पँजीको रुपमा जम्मा भएको छ । संस्थामा हाल प्रतिव्यक्ति रु ७९ हजार रुपैयाँ जम्मा भएको छ भने प्रतिव्यक्ति एक लाख रुपैयाँ ऋण लगानी गर्दै आएको संस्थाकी अध्यक्ष शोभा खवासले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

वि.सं. २०७२ सालमा यस समूहमा आवद्ध प्रति सदस्यहरुको ५० हजार बचत फिर्ता गरी संस्थामा बाँकी रहेको एक्काइस हजार सात सय पच्चीस रुपैयाँबाट पुनः बचत सुरु गरिएको लेखा समिति संयोजक लक्ष्मी पौडेलले बताइन् ।

कार्यक्रमकी प्रमुख अतिथि नेपालले महिला एकतावद्ध भएर गरेका कामहरु समाजमा निक्कै प्रभावकारी भएको बताइन् । उनले विगतमा भन्दा महिलाको चेतनास्तर माथि उकासिएको, सामाजिक र राजनीतिक क्षेत्रमा समेत महिलाहरुको पहुँच बढ्दै गए पनि पर्याप्त नभएका कारण अझ एकढिक्का भएर अधिकारका लागि लड्न आग्रह गरिन् ।

संस्थाकी संस्थाकी अध्यक्ष शोभा खवासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार सदस्य रेणुका डाँगी, अम्बिका भण्डारी, सुनिता शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाकी उपाध्यक्ष बसन्ती सुब्बाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सञ्चालन सचिव रीता अधिकारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: