लोकतन्त्र पोस्ट सम्मानित

मेचीनगर । मेचीनगर नगरपालिकाले संविधान निर्माणमा योगदान पुर्याउने व्यक्ति तथा सञ्चार संस्थाहरुलाई सम्मान गरेको छ ।

संविधान दिवसको अवसरमा शनिबार धुलाबारीको अतिथि सदनमा आयोजित विशेष कार्यक्रममा सञ्चार संस्था लोकतन्त्र पोस्ट दैनिकसहित जनसंद दैनिक, संविधान सभा सदस्य रविन कोइराला, उषा गुरुङ, नरेन्द्रविक्रम नेम्वाङ र मिलनकुमारी राजवंशीलाई सम्मान गरिएको हो । यद्यपि, कार्यक्रममा सभासद गुरुङ मात्रै उपस्थित थिइन् ।

कार्यक्रममा लोकतन्त्र पोस्ट दैनिकको सम्मान प्रधान सम्पादक झुलन रेग्मीले ग्रहण गरेका थिए । सङ्घीय सांसद राम कार्कीले उक्त सम्मान पत्र रेग्मीलाई प्रदान गरेका हुन् ।

मेचीनगर प्रमुख विमल आचार्यको सभापतित्व तथा सङ्घीय सांसद राम कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता अशोक पोखरेलले संविधानका बारेमा अवधारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सङ्घीय सांसद राम कार्की, संविधान सभा सदस्य उषा गुरुङ, प्रदेश सांसद गोपाल बुढाथोकी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रदेश सांसद श्रीप्रसाद मैनाली, नेकपा नेता विष्णु प्रसाई, माधव अर्याल, काङ्ग्रेस नेता इन्द्र बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।

मेचीनगर उपप्रमुख मीना उप्रेती पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन वरिष्ठ प्रशासकीय अधिकृत अनन्त वस्तीले गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सामाजिक अगुवा, वडाध्यक्षहरु, कर्मचारी तथा सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: