पूर्व प्रहरीको दशैँ मिलन

भद्रपुर । नेपाल पूर्व प्रहरी सङ्गठन जिल्ला कार्यसमिति झापाले नेपालीहरुको महान चाड बडादशैँ, दिपावाली तथा छठ पर्वको अवसरमा शुभकामना अदानप्रदानसँगै दशैँ मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

चन्द्रगढीमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दिनेशराज मैनालीले समाजको शान्ति सुव्यवस्था कायम गर्नमा बहालवाला तथा पूर्व प्रहरीबीचको जिम्मेवारी एउटै भएको बताए । उनले प्रहरी समयसापेक्ष परिवर्तनशील हुनुपर्ने बताउँदै समाजको शान्ति सुव्यवस्था कायम गर्नमा पूर्व प्रहरी सङ्गठन सदस्यहरुको अपरिहार्य भूमिका रहनु पर्नेमा जोड दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल झापाका प्रमुख रेशमकुमार थक्सु, सङ्गठन केन्द्रीय उपाध्यक्ष खड्गबहादुर खड्का, केन्द्रीय सदस्यहरु अमिनअली शेष, दिलेन्द्र कार्की, सङ्गठनका सल्लाहकार समिति संयोजक समरकुमार राई, सङ्गठनका भद्रपुर नगर कमिटी अध्यक्ष सरोजकुमार कार्की, बलबहादुर श्रेष्ठ, मदनगोपाल सुब्बा लगायतले मन्तव्य राखेका थिए ।

जिल्ला कार्य समिति झापाका अध्यक्ष खेमराज कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव अग्नी खड्का र स्वागत उपाध्यक्ष देवीप्रसाद सङ्ग्रौलाले गरेका थिए । कार्यक्रममा झापाका १५ वटै स्थानीय तहबाट २ सय जनाभन्दा बढी सङ्गठनका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: