विएण्डसी अस्पतालद्वारा पाउ पाथीभरामा दुर्गाको मुर्ति प्रदान

मेचीनगर । झापाको विर्तामोडमा रहेको विएण्डसी अस्पतालले मेचीनगरको चारआलीमा रहेको धार्मिक तीर्थस्थल पाउ पाथीभरामा दुर्गाको मुर्ति प्रदान गरेको छ । श्री पाउ पाथीभरा उत्तर गंगा प्रवेशद्घार पर्यटन प्रवद्र्घन समितिको ५ औँ तथा स्थापना दिवस तथा वि एण्ड सी अस्पतालबाटै निर्माण हुने पूर्वाञ्चल क्यान्सर अस्पतालको स्थापना गर्नका अवसरमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई, इन्दिरा गिरी, उमा गिरी, डाक्टर रामबाबु गिरीले १२ फिटको पित्तलको दुर्गाको मुर्ति पाउ पाथीभरा तीर्थ स्थल परिसरमा प्रदान गरेका हुन् । अस्पतालका जनसम्पर्क प्रमुख प्रमिस गिरीले ५ वर्ष अघि विएण्डसी अस्पताल सञ्चालन गर्दा समेत इलाममा रहेको सानो पाथीभरामा दुर्गाको मन्दिर प्रदान गरिएको थियो ।
मृर्तिको प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइराला, विर्तामोड नगरपालिकाका प्रमुख ध्रुव शिवाकोटी मेचीनगर नगरपालिकाका निमित्त नगर प्रमुख मीना पोखरेल उप्रेतीसहित दाता परिवारले संयुक्त रुपमा अनावरण गरेका थिए ।
प्रमुख अतिथि कोइरालाले दाता दुर्गा प्रसाईले झापाको २ नम्बर क्षेत्रमा अस्पताल सञ्चालन गरेर सामाजिक तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा जति गरे पनि कम हुने बताए । कोइरालाले प्रसाईले शैक्षिक तथा सामाजिक क्षेत्रमा पुर्याउदै आउनु भएको योगदानलाई सफल बनाउनु सवैको दायित्व भएकाले सवैकोतर्फबाट साथ सहयोग रहने विश्वास दिलाए  ।

प्रसाईको सफलताबाट यो समाजले अग्रगति प्राप्त गर्नका लागि यो समाजले उन्नति प्रगति गर्नका लागि उहाँले गर्नुभएको अगुवाईमा आम झापाली जनता, मेची अञ्चलवासी तथा राष्ट्रकैतर्फबाट शुभकामना समेत व्यक्त गरे । यो पाउ पाथीभरा तीर्थस्थल पर्यटकीय स्थलको रुपमा अब विकशित हुदैं गएको भन्दैं प्रमुख अतिथि कोइरालाले यहाँ झापावासीमात्र नभएर टाढा टाढाबाट भक्तजनहरु पर्यटकीय स्थलको रुपमा विकशित हुदैछ भन्ने सुचना प्राप्त गरेर भारतीय नागरिकसहित विभिन्न ठाउँहरुबाट यहाँ आउने गरेको बताए ।

अब इलाममा रहेको सानो पाथीभरा, ताप्लेजुङमा रहेको ठूलो पाथीभरा तथा झापामा रहेको पाउ पाथीभरालाई जोड्न आवश्यक रहेको औल्याए । दाताकातर्फ अस्पतालका कार्यकारी निर्देशक प्रसाईले बोलेका थिए । सचिव यमनाथ वरालले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हरिचरण बानियाँले र स्वागत उपाध्यक्ष लोकराज ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: