झापामा हात्ती धपाउन ड्रोन साइरनको प्रयोग

भद्रपुर । झापामा जंगली हात्ती धपाउनका लागि प्रयोग गरिएको ड्रोन साइरनको परीक्षण सफल भएको छ ।

मेचीनगर–१४ मा हात्तीले किसानको खेतमा पसेर धान खाइरहेको बेला बुधबार राति ड्रोन साइरनको प्रयोग गरी हात्तीलाई हातेमालो सामुदायिक वनतिर खेदाइएको डिभिजन बन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

धान पाकेसँगै दैनिक गाउँ पसेका हात्तीलाई लेखट्न समस्या भइरहेको अवस्थामा ड्रोन साइरनको प्रयोग प्रभावकारी हुने देखिएको उनी बताउँछन् ।

सो साइरन भद्रपुर नगरपालिका – १ बस्ने युवा वैज्ञानिक अनिल प्रधानले बनाएका हुन् । प्रमुख घिमिरेका अनुसार डिभिजन वन कार्यांलयले सो ड्रोन साइरनबाट हात्ती लेखट्न सजिलो भएको छ ।

भद्रपुर, विर्तामोड, मेचीनगर नगरपालिकालगायत आसपासका क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेपछि युवा वैज्ञानिक प्रधानले हात्ती धपाउन प्रयोग गर्न सकिने ड्रोन साइरन बनाएको बताए ।

हात्ती बाली खान गाउँतिर आएपछि बन अधिकारीहरुले ड्रोनलाई नजिकको आकाशतिर पठाउँछन् । पाँच किलोमिटर टाढाबाटै नियन्त्रण गरिने ड्रोनले सिंहको गर्जन र मौरी भुनभुनाएको जस्तो चर्को आवाज निकाल्ने हुँदा यो सुनेर हात्ती भाग्ने गरेको उनको भनाई छ ।

हात्ती धपाउन सिंहको आवाज सुनाउने ड्रोनको प्रयोग अति प्रभावकारी देखिए पनि जिल्ला प्रशासन कार्यालय झापाबाट कसैले पनि अनुमति नलिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।

उनले सम्बन्धित व्यक्ति वा संस्थाले जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिई तोकेको मापदण्ड भित्र रहेर मात्र ड्रोन प्रयोग गर्न पाउने व्यवस्था रहेको बताए ।

(रासस)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: