अति भो ! भन्दै काङ्ग्रेसले बुझायो ज्ञापनपत्र

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिहरुले आम वडाबासीको हितमा काम गर्न नसकेको भन्दै नेपाली काङ्ग्रेस मेचीनगर ८ ले वडा कार्यालयमा सोमबार ज्ञापनपत्र बुझाएको छ ।

पुण्य चोकस्थित वडा कार्यालयमा नै पुगेर काङ्ग्रेस वडा समितिको अगुवाईमा ज्ञापनपत्र बुझाइएको नेपाली काङ्ग्रेस मेचीनगर ८ का वडा संयोजक गिरीराज धमलाले जानकारी दिए ।

वडाका जनप्रतिनिधिहरुले वडाबासी विकासको काममा ढिलासुस्ती गरेको, वडामा विकास निर्माण लगायतको कार्य गर्दा राजनीतिक आस्थाका आधारमा विभेद गरेको, भारतीयलाई नेपाली नागरिकता दिन गलत प्रक्रियाबाट सिफारिस गरेको र वडामा सेवाग्राहीप्रति जनप्रतिनिधि र कर्मचारीहरुले रुखो व्यवहार गरेकोप्रति तत्काल वडाले जवाफ दिनुपर्ने भन्दै काङ्ग्रेसले ४ बुँदे ज्ञापनपत्र मेचीनगर ८ का कार्यवाहक वडा अध्यक्ष गङ्गा पाठकलाई बुझाएको छ ।

काङ्ग्रेसका जिल्ला सदस्य पुष्पराज पौडेलको अगुवाईमा वडा संयोजक धमलासहित अन्य वडास्तरीय नेताहरु समेत सम्मिलित प्रतिनिधि मण्डलले वडा कार्यालयमा नै पुगेर ज्ञापन पत्र बुझाएको काङ्ग्रेस मेचीनगर ८ ले जनाएको छ । वडामा ज्ञापनपत्र बुझाउनु अघि कार्यवाहक वडा अध्यक्ष पाठक र वडा सदस्य खीला मेचेलाई काङ्ग्रेस वडा संयोजक धमलाले ज्ञापनपत्र पढेर सुनाएका थिए ।

वडा अध्यक्ष विकेन्द्र धिमाल अस्वस्थ भएकाले कार्यबाहक अध्यक्ष पाठकले काङ्ग्रेसको ज्ञापनपत्र बुझ्दै भारतीयलाई नागरिकता सिफारिस गरिएको बिषय आफुलाई जानकारी नभएको र अन्य बिषयहरुमा आगामी दिनमा नेपाली काङ्ग्रेसका स्थानीय नेतृत्वसँग छलफल गरेर नै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: