आजदेखि धाइजन–चारआली भेट्रान फुटबल

चारआली । धाइजन–चारआली भेट्रान फुटबल प्रतियोगिताको सातौँ संस्करणमा आज (बुधबार) हुने उद्घाटन खेलमा काँकरभिट्टा भेट्रान फुटबल क्लब र दमक लखनपुर भेट्रान फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आयोजक धाइजन–चारआली भेट्रान फुटबल क्लबले सार्वजनिक गरेको खेल तालिकाअनुसार आज नै पहिलो चरणका चार खेल हुनेछन् । जसमा दोस्रो खेल विराटनगरको सिएमजी स्वास्थ्य क्लब र कनकाई भेट्रान फुटबल क्लबबीच हुनेछ भने तेस्रो खेल बिर्तामोड भेट्रान फुटबल क्लबले धरमपुर भेट्रान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, अन्तिम क्वाटरफाइनल खेलमा भद्रपुर भेट्रान फुटबल क्लबले आयोजक धाइजन चारआली भेट्रान फुटबल क्लबसँग अन्तिम चारका लागि प्रतिस्पर्धा गर्नेछ ।

मेचीनगर नगरपालिकाको १२ र १३ नम्बरमा २०६९ सालमा स्थापित क्लबले बर्सेनि भेट्रान फुटबल प्रतियोगिता गर्दै आएको छ । भेट्रान फुटबल प्रतियोगिता निरन्तर सातौँ पटक आयोजना गर्ने सम्भवतः धाइजन चारआलीमात्र रहेको आयोजक क्लबका अध्यक्ष आशिष वनले दाबी गरेका छन् ।

फुटबल प्रतियोगितासँगै एकाडेमीका रुपमा साना भाइहरुलाई प्रशिक्षक राखेर तालिम दिइरहेको यस क्लबले बर्सेनि पूर्व फुटबलर एक जनालाई नगद तथा मोटरसाइकलसमेत प्रदान गर्दै आएको छ । अहिले पनि नियमित ३० जना १६ वर्षमुनिका खेलाडीलाई क्लबले प्रशिक्षण दिइरहेको छ । पूर्व खेलाडी पूर्ण सुब्बा, दिपक लामा र सन्तोष बस्नेतले खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । क्लबमा करिब ७० जना जुनियर खेलाडीले नाम दर्ता गराएका छन् ।

प्रतियोगिताको विजेताले नगद ६१ हजार पाउनेछ । उक्त रकम बिर्तामोडको वन स्टप मलका सञ्चालक मिजास पोखरेल र सानो संसार ल्यान्ड एन्ड हाउजिङका सञ्चालक रोशन प्रसाईले प्रायोजन गर्ने भएको छ । उपविजेताले ४१ हजार नगदसँगै ट्रफी पाउनेछ ।

क्लबका सचिव धनबहादुर तामाङले प्रतियोगिता सम्पन्न गर्नका लागि ८ लाख ३७ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । नव कालिका खेल मैदानमा हुने प्रतियोगिताको फाइनल खेल कात्तिक ९ गते हुनेछ । जसमा ३८ वर्ष पूरा गरेका तीन जना र बाँकी ८ जना खेलाडी ४० वर्ष पूरा भएका खेलाडी हुनुपर्ने आयोजकल मापदण्ड बनाएको अध्यक्ष वनले बताए ।

आयोजकले पूर्व राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई पनि यसवर्ष निरन्तरता दिएको छ । यसवर्ष भेट्रान खेलाडी लक्ष्मीप्रसाद लिम्बू (लोचन) लाई नगद पुरस्कारले सम्मान गर्न लागेको छ । उनलाई नगद २ लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । गतवर्ष पूर्ण लिम्बूलाई एक थान मोटरसाइकल प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
संचालक/सम्पादक :- मोहन कुमार न्यौपाने
प्रधान सम्पादक :- प्रकाश पौडेल
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: