माकुराको गोष्ठी सम्पन्न

मेचीनगर । जल, जमिन र जङ्गलका विषयमा उत्पन्न विवाद समाधानमा सक्रिय माकुरा समूहको तीनदिने क्षमता विकास गोष्ठी विहीवार मेचीनगर वडा नं. २ मा सम्पन्न भएको छ ।

मेचीनगर–२ को मेची जनसाधारण मावि र जमिन उपभोग गर्ने किसानबीच लामो समयदेखि विवाद रहँदै आएको छ । उक्त विवाद समाधान गर्नका लागि माकुरा समूहले काम सुरु गरेको हो । सो विद्यालयको सय विगाहाभन्दा बढी जमिनको विषयमा विवाद रहँदै आएको छ । किसान र विद्यालयबीचको जग्गा सम्बन्धी विवाद समाधानमा माकुरा समूहले काम गर्नेछ ।

माकुरा समूह सदस्य यामप्रसाद दाहालको अध्यक्षता तथा सङ्घीय सांसद राम कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा मेचीनगर उपप्रमुख मीना उप्रेती, वडाध्यक्षहरु तिलक न्यौपाने र हर्क बस्नेतले मन्तव्य राखेका थिए ।

यामप्रसाद ढुङ्गेलको सञ्चालन तथा चित्रा निरौलाले स्वागत गरेको कार्यक्रममा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोतव्यक्ति सङ्गीता थापाले कार्यक्रमका बारेमा प्रकाश पारेकी थिइन् । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र र मेचीनगर न्यायिक समितिको संयुक्त आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: