मेची नदीमा भलिवल प्रतियोगिता हुने

भद्रपुर । पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी झापाको भद्रपुर नगरपालिका वडा नं. ५ ले दोस्रो मेची रिभरसाइड वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
वडा नंं. ५ को आयोजना तथा इलेभेन साइनिङ क्लब भद्रपुरको सह–आयोजनामा यही पुस ५, ६ र ७ गते भद्रपुरस्थित मेची किनारमा प्रतियोगिता सम्पन्न गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।


नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै वडा अध्यक्ष बन्धु कार्कीले नगरको मौलिकता तथा मनोरञ्जनसहितको सन्देश प्रवाह गर्ने उदेश्यका साथ विगत वर्षको जस्तै यस बर्ष पनि प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
अध्यक्ष कार्कीले वडा नं. ५ वडा समिति मुल आयोजक रहेको प्रतियोगितामा नगरभित्रका १० वटै वडाका विभिन्न क्लबहरु समेतको प्रतियोगितामा सहभागिता रहने बताए । उनले प्रतियोगितामा विजयी हुने प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः नगद ३० हजार, २० हजार र १० हजार पुरस्कार प्रदान गरिने समेत जानकारी दिए ।
वडा समितिको १ लाख ७० हजार रुपैयाँसहित विभिन्न दाताहरुको सहयोगमा लगभग ३ लाख रुपैयाँको लागतमा प्रतियोगिता सम्पन्न गर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
संचालक/सम्पादक :- मोहन कुमार न्यौपाने
प्रधान सम्पादक :- प्रकाश पौडेल
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: