सामुदायिक क्याम्पसहरुलाई मर्ज गरिने ः मन्त्री घिमिरे

भद्रपुर । प्रदेश नं. १ का कमजोर आर्थिक अवस्थाका सामुदायिक क्याम्पसहरुलाई मर्ज गरिने भएको छ । मर्ज भएका क्याम्पसको सञ्चालनमा प्रदेश सरकारले सघाउने जनाएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले झापाको मेचीनगरस्थित काँकडभिट्टा बहुमुखी क्याम्पसको दोस्रो क्याम्पससभामा आज विहान बोल्दै उच्च शिक्षामा सरकारले लगानी बढाउने समेत बताउनुभयो ।

प्रदेशभरमा रहेका सय जति सामुदायिक क्याम्पसमध्ये आर्थिक स्रोत र विद्यार्थी अभावका कारण कतिपय बन्द हुने अवस्थामा पुगेको जनाउँदै मन्त्री घिमिरेले ती क्याम्पसहरुलाई बन्द हुन नदिन प्रदेश सरकारले मर्जको नीति लिएको बताउनुभएको हो ।

प्रदेश सरकारले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन प्रदेश नं. १ का २०० वटा विद्यालयमा डिजिटल प्रविधिमार्फत पठनपाठन सुरु गरेको, मनमोहन विश्वविद्यालय स्थापना गरेको, डिजिटल साक्षरता कक्षा सञ्चालन गर्न लागेको र सक्षम क्याम्पसहरुलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने नीति लिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा स्नातक तहसम्म पठनपाठन भइरहेको काँकडभिट्टा बहुमुखी क्याम्पसमा भवन र कलेजबस लगायतका भैतिक साधनको अभाव भएको क्याम्पसका अध्यक्ष कमल थापाले बताउनुभएको थियो । मन्त्री घिमिरेले क्याम्पसलाई प्रदेश सरकारका तर्फबाट तत्काल रु. ३० लाख सहयोग प्रदान गरिने घोषणा समेत सोही कार्यक्रममा गर्नुभएको छ

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
संचालक/सम्पादक :- मोहन कुमार न्यौपाने
प्रधान सम्पादक :- प्रकाश पौडेल
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: