‘अमृतमल’ अभियन्तालाई उत्कृष्ट कृषक पुरस्कार – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

‘अमृतमल’ अभियन्तालाई उत्कृष्ट कृषक पुरस्कार

भद्रपुर । माटोको उर्वराशक्ति बढाउने र बालीलाई विषादीमुक्त बनाउने ‘अमृतमल’ नाम जैविक औषधिको उत्पादन गरेर ख्याति आर्जन गर्नुभएको झापाका क्रान्तिकारी किसान भीम कुँवरलाई लाल–भागिरथा बानियाँ उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ ।
झापाको मेचीनगर–११ मा आज आयोजित कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले नगद रु. ३१ हजारको सो पुरस्कार हस्तान्तरण गर्नुभयो । पञ्चायती शासनको विरुद्ध आन्दोलन गर्दा ५ वर्ष जेल समेत भोग्नु भएको कुँवरले कृषि क्षेत्रलाई विषादीमुक्त गर्ने अभियानको नेतृत्व गर्नुभएकोमा मन्त्री कार्कीले प्रशंसा गर्नुभएको छ ।
भद्रपुर–१० चन्द्रगढी निवासी भीम कुँवरले गाईको गोबरमा रहेको माटोलाई उर्वरा र प्राकृत बनाउन सक्ने तीन किसिमको व्याक्टेरियालाई कल्चर गरेर ‘अमृतमल’ नाम जैविक औषधि उत्पादन गर्दै आउनुभएको छ । ‘अमृतमल’लाई भारतको गाजियाबादमा रहेको राष्ट्रि«य जैविक खेती केन्द्रका वैज्ञानिकहरुले समेत प्रमाणित गरेको उहाँ बताउनुहुन्छ ।
लाल–भागिरथा प्रतिष्ठानले सोही कार्यक्रममा मेची बहुमुखी क्याम्पसका प्रमुख कमल गुरागाईलाई उत्कृष्ट शिक्षासेवीको रुपमा र मेचीनगर–१० की नीतु सुबेदी राउतलाई असल गृहिणीको रुपमा सम्मान गरेको छ । दुबैले पुरस्कारवापत नगद रु. ३१ हजार र सम्मान पत्र प्राप्त गर्नुभएको छ ।
स्व. लालबहादुर बानियाँ र उहाँकी पत्नी स्व. भागिरथा बानियाँको स्मृतिमा यसैवर्ष रु. १० लाखको अक्षयकोष राखी प्रत्येक वर्ष असल कृषक, असल गृहिणी र उत्कृष्ट समाजसेवीलाई पुरस्कृत गर्ने कार्यको थालनी गरिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिचरण बानियाँले जानकारी दिनुभयो ।

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: