वेलकम् फोक्सटन

।। लोकतन्त्र पोस्ट ।।

मेचीनगरका धनकिरण गुरुङले बेलायतको फोक्सटन सिटीसँग गाँसिदिएको हितेरी साइनो आजदेखि औपचारिक रुपमा मितेरीमा रुपान्तरण हुँदैछ । बेलायती फौजमा निवृत्त हुञ्जेल गोर्खा सैनिकको रुपमा सेवा पुर्याएका धनकिरणले अवकासपछिको जीवन बेलायतको राजनीतिमा होमेका छन् । फलस्वरुप उनले बेलायतमा पहिलो नेपाली काउन्सिलर बन्ने ऐतिहासिक सौभाग्य प्राप्त गरे । उनको यो राजनीतिक सफल यात्रा नेपाल र खासगरी मेचीनगरका लागि बरदान सावित भइरहेको छ । उनै धनकिरणले गाँसिदिएको सम्बन्ध मौलाएर आज दुबै नगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने तहसम्म आइपुग्यो ।

नेपाल भ्रमण वर्ष २०२० को अभियान चलिरहेका बेला फोक्सटन सिटीका मेयर जेकी माइड र उनको टोलीलाई मेचीनगरले स्वागत गर्ने सुअवसर पाएको छ । मेचीनगरका नगरप्रमुख विमल आचार्यले केही महिना अघि बेलायत भ्रमणमा जाँदा फोक्सटन सिटीका मेयरलाई मेचीनगर भ्रमणको निम्तो दिएका थिए । मेयर माइडले निम्तोलाई सहर्ष स्वीकार मात्र गरिनन्, यति छिटै सम्झौतामा हस्ताक्षर गर्न नेपाल आइन् । उनको यस्तो अग्रसरता नेपालीका लागि खुशीको विषय हो । उनको नेपालप्रतिको सद्भावको जति प्रशंसा गरे पनि थोरै हुनेछ ।

बेलायत र नेपालबीचको सम्बन्ध धेरै पुरानो र मैत्रीपूर्ण छ । नेपालको विकास निर्माणमा बेलायती सरकारको सहयोग छ । फोक्सटनका पूर्व काउन्सिलर धनकिरणमार्फत मेचीनगरले पाएको सहयोग पनि कम छैन । दैवी प्रकोपका सामग्री, विद्यार्थीलाई कम्प्युटर, खानेपानी सुविधा, एम्बुलेन्स, दमकल लगायतका थुप्रै सहयोग मेचीनगर र नेपालका अन्य ठाउँले पाएका छन् । आज दुबै नगरबीच हुने भगिनी सम्बन्धले यो सम्बन्धलाई औपचारिकतामा परिणत गर्नेछ । अझ सहयोग र सम्बन्ध विस्तारका नयाँ आयामहरु अब खुल्नेछन् । बिदेशको नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने कार्यमा मेचीनगर झापाको पहिलो नगर बनेको छ । यसर्थ मेचीनगरको वत्र्तमान नेतृत्व बधाइको पात्र भएको छ । मितेरी सम्बन्ध झाँगिदै जाओस् शुभकामना ।
(सम्पादकीय)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
संचालक/सम्पादक :- मोहन कुमार न्यौपाने
प्रधान सम्पादक :- प्रकाश पौडेल
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: