‘होमस्टेमा पर्यटक धेरै समय बस्छन्’

मेचीनगर । पर्यटन क्षेत्रको प्रवर्धनका निम्ति होमस्टेको भूमिका महत्वपूर्ण रहेको पर्यटन व्यवसायीहरुले निष्कर्ष निकालेका छन् ।

सोमवार मेचीनगरको काँकरभिट्टामा आयोजना गरिएको पर्यटन प्रवर्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पर्यटकको बसाइ लम्ब्याउनका लागि होमस्टेको भूमिका अहम् रहेको पर्यटन व्यवसायीहरुले बताएका हुन् ।

काँकरभिट्टामा जारी छैटौं एसियन ग्रामीण पर्यटन महोत्सवको अवसरमा पर्यटन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाल, भारत र भुटानका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टेको प्रचार तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमले तीनै देशका होमस्टे सञ्चालकलाई एउटै स्टेजमा उभ्याएर पर्यटन विकासमा सँगसँगै हिँड्ने बाटो सिर्जना गरिएको महोत्सवका संयोजक अर्जुन कार्कीले बताए ।

नेपाललगायत विभिन्न आठ मुलुकमा जैविक विविधता संरक्षण गर्दै आएको इसीमोडको संयोजकत्वमा आयोजित कार्यक्रममा होमस्टे अभियानमा काम गर्दै आएका नेपाल, भारत र भुटानका पर्यटन अभियन्ताहरुको सहभागिता रहेको थियो ।

प्रदेश नं १ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको उद्योग पर्यटन वन तथा वातावरण समितिकी संयोजक सीता थेवेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा पर्यटन अभियन्ता राज बसु, कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकासका संयोजक डा. नकुल क्षेत्री, नेपाल पर्यटन बोर्डका सदस्य सुमन घिमिरे, अनुकुमारी लामा, रविन्द्र सिंहलगायतले पूर्वी नेपालका ग्रामीण क्षेत्रमा सञ्चालित रहेका होमस्टेलाई भारत र भुटानमा सञ्चालित होमस्टेसँग साझेदारी गरेर अगाडि बढ्न सकेमा पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रमको संयोजक रहेको इसीमोडले नेपाल, भारत, भुटान, पाकिस्तान, चीन, बर्मा, अफगानिस्तानलगायत ८ मुलुकमा काम गर्दै आएको छ ।

इसीमोड अन्तर्गत नै रहेर कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास पहल कार्यक्रम सञ्चालन भइरहेको छ ।

यो कार्यक्रम पूर्वी नेपालको इलाम, पाँचथर, ताप्लेजुङ, झापाको पूर्वी भाग, सिक्किम, दार्जीलिङ र भुटानलाई कार्यक्षेत्र बनाएर विभिन्न पर्यटन सम्बन्धी काम गर्दै आएको र ग्रामीण होमस्टे प्रवर्धनका निम्ति विशेष कार्यक्रमहरु सञ्चालन गरिँदै आएको संयोजक क्षेत्रीले बताए ।

नेपाल भ्रमण वर्ष २०२० सँगसँगै एसियन ग्रामीण पर्यटन महोत्सव चलिरहँदा काँकरभिट्टामा नै पर्यटन अन्तरक्रिया आयोजना गरिएको संयोजक कार्कीले जानकारी दिए ।

यो अन्तरक्रियाले होमस्टेको प्रवर्धन सँगसँगै पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
संचालक/सम्पादक :- मोहन कुमार न्यौपाने
प्रधान सम्पादक :- प्रकाश पौडेल
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: