प्रजातन्त्र तथा चौथो निर्वाचन दिवस मनाउने तयारी – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

प्रजातन्त्र तथा चौथो निर्वाचन दिवस मनाउने तयारी

भद्रपुर । झापामा ७० औं प्रजातन्त्र तथा चौथो निर्वाचन दिवस भव्य रुपमा मनाउने तयारी गरिएको छ । विहीबार बसेको जिल्ला समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते ७० औं प्रजातन्त्र र निर्वाचन दिवसलाई भव्य रुपमा मनाउने निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको बैठकले फागुन ६ गते भद्रपुर नगरपालिका भित्रका माविस्तरीय विद्यालयबीच ‘लोकतन्त्र र निर्वाचन’ विषयक वक्तृत्वकला प्रतियोगिता गरिने निर्णय भएको छ । सो को संयोजन निर्वाचन कार्यालय र जिल्ला शिक्षा समन्वय इकाई समिति झापाले गर्ने भएका छन् ।

सोही दिन विहान मेची अञ्चल अस्पतालमा विराट सामुदायिक अध्ययन केन्द्रको अगुवाईमा सरसफाई र सोही दिन बेलुका छ बजे जिसस अगाडि ट्रेड यूनियन चोकमा दिपावली गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक सोमनाथ पोर्तेलले फागुन ७ गते विहान चन्द्रगढीको लेखनाथ चोकबाट प्रभावतफेरि निकाली जिससको सभाहलमा पुगी राष्ट्रियता झल्कने सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए ।

उनका अनुसार ७ गते बेलुका भद्रपुर जेसीजको आयोजनामा झापा चोकमा दिपावली गर्ने र फागुन ८ गते विहान मेची अञ्चल अस्पतालमा भद्रपुर उद्योग बाणिज्य संघको संयोजनमा विरामीलाई फलफूल वितरण गरिनेछ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राजनीतिक दल र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी राना मगरले सबै स्थानीय तहमा केन्द्रीय र संघीय सरकारले पठाएको निर्देशन अनुसार प्रजातन्त्र र निर्वाचन दिवस मनाउन परिपत्र गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: