आगलागीमा ४ लाखको क्षति – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

आगलागीमा ४ लाखको क्षति

धुलाबारी । बुधबार राती धुलाबारीमा आगलागी हँुदा एउटा घर जलेर नष्ट भएको छ भने करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

धुलाबारीस्थित टिमाइ खोलाको पश्चिमतर्फको पूर्व पश्चिम राजमार्गको दक्षिणमा रहेको धनबहादुर प्रधानको घर आगलागीका कारण पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक कैलाश चौधरीले बताए ।

प्रहरी निरीक्षक चौधरीका अनुसार राती साढेदश बजेको समयमा एक्कासी घरमा आगो लागेको जानकारी आएपछि तत्कालै प्रहरी घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास सुरु गरेको थियो ।

मेचीनगर नगरपालिकाको दमकल, स्थानीयबासी र प्रहरीको प्रयासले करीब आधा घण्टामा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक चौधरीले बताए । आगलागीको कारण भने यकिन हुन नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागी भएको स्थानमा बाक्लै घर टहरा भए पनि समयमा नै आगो नियन्त्रणमा आएकाले अन्य घरलाई आगोबाट बचाउन सकिएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: