थ्रि स्टार फाइलनमा

शिवसताक्षी । तेस्रो सताक्षी गोल्डकपको बिहीबारको पहिलो सेमिफाइनल खेलमा थ्रि स्टार क्लब काठमाडौँ विजयी भएको छ ।
जितसँगै थ्रि स्टारले कम्तिमा तीन लाख रुपैयाँ पक्का गरेको छ ।

आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्रि स्टार फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा दुवै टिमबाट गोल हुन नसके पछि खेलको ५९औँ मिनेटमा थ्रि स्टारका अनन्त तामाङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।

मिक्चेन तामाङले प्रहार गरेको कर्नर किकलाई अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए ।

त्यस्तै, खेलको ६०औँ मिनेटमा थ्रि स्टारका अशोक खवासको लामो प्रहार सतासीधामका गोल रक्षक मनोज प्रधानको हातबाट फुत्किएर गोलमा परिणत भएको थियो ।

खेलको ८२औँ मिनेटमा अर्को गोल थप्दै थ्रि स्टारले जित सुनिश्चित बनाएको थियो । कप्तान विक्रम लामाले गोल गरेका हुन् ।

यसअघि खेलको सातौँ मिनेटमा थ्रि स्टारका सञ्जोग राईको प्रहार आकाशिएको थियो । २५औँ मिनेटमा लालरामको प्रहार विपक्षी खेलाडीले रोकिदिएका थिए ।

खेल सकिन दुई मिनेट मात्र बाँकी हुँदा सतासीधामका शिशिर लेखीलाई पेनाल्टी बक्सभित्र थ्रि स्टारका खेलाडीले लडाएपछि पाएको पेनाल्टी प्रहारलाई पदम भट्टराईले गोलको दिशा दिएका थिए ।

यसअघि खेलको नवौँ मिनेटमा सतासीधामका रोशन थाम्सुहाङको प्रहार आकाशिएको थियो ।

४४औँ मिनेटमा मनिष थापाको ३५ यार्ड टाढाको प्रहार थ्रि स्टारका गोल रक्षक पूर्ण चेम्जोङले पञ्च गरेर बचाएका थिए ।

खेलको म्यान अफ दि म्याच थ्रि स्टारका अनन्त तामाङ घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउँने छन् ।

zस्रो सेमिफाइनल खेल लिग विजेता मच्छिन्द्र फुटबल क्लब र दोस्रो स्थानका त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: