हत्यारा खोजी गर्न माग

भद्रपुर । नेपाल विद्यार्थी सङ्घ झापाले कचनकवल–२ की बालिका विष्णुमाया कार्कीको मृत्य रहस्यमय हत्या हुनसक्ने भन्दै हत्यारा खोजी गरी कारवाही गर्न माग राख्दै झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

सङ्घका जिल्ला सभापति राजेन्द्र उप्रेतीको नेतृत्वमा गएको टोलीले हत्यारा उम्कन सक्ने भन्दै तत्काल खोजी गरी कानुनी दायरामा ल्याउन माग गदैै प्रजिअ उदयबहादुर रानालाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझेपछि प्रजिअ रानाले हत्या भए÷नभएको प्रहरीले अन्ुसनधान गरिरहेको जानकारी दिँदै हत्या प्रमाणित भए हत्यारा उम्कन नसक्ने गरी कारवाही गर्ने वचन दिएका छन् ।

स्थानीय लक्ष्मीप्रसाद देवकोटा मावि सुकुनाडिगीमा कक्षा ६ मा अध्ययनरत बालिका कार्कीको शव झुण्डिएको अवस्थामा सोमबार बिहान स्थानीयले चिया बगानभित्र फेला परेको थियो ।

बालिकाको शवको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको हुन सक्ने नेविसङ्घको ठहर छ ।

तीन दिनअघि घरबाट हिँडेकी बालिका चिया बगानको नाला नजिकै झुण्डिएको पाइनु नै रहस्यमय भएको सङ्घका सचिव नारायण नेपालले बताए ।

कचनकवलका स्थानीय बासिन्दा समेत रहेका सचिव नेपालले हत्यारा जोगाउने खेल हुन सक्ने भन्दै हत्याराको तीव्र खोजी गरेर कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिलाउन माग समेत राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: