भलिवलको सेमीफाइनल समीकरण पूरा

मेचीनगर । मेचीनगरमा जारी निर्मल राई स्मृति जिल्लास्तरीय अन्तर मावि भलिबल प्रतियोगिता अन्तर्गत विहीवार क्वाटर फाइनलसम्मका खेलहरु सम्पन्न भएका छन् ।

विहीवार भएको पहिलोे क्वाटर फाइनल खेलमा शनिश्चरे मावि अर्जुनधारा विजयी भएको छ ।

शनिश्चरे माविले होलीबेल अंग्रेजी माविलाई पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरेको हो ।

त्यस्तै, दोस्रो क्वाटर फाइनलमा मुनाल एकाडेमी चन्द्रगढीले इडन गार्डेन बिर्तामोडलाई सोझो सेटमा पराजित गर्दै सेमीफाइनलमा शनिश्चरे माविसँगको भेट पक्का गरेको हो ।

तेस्रो क्वाटर फाइनलमा हिमालयन एकाडेमी धुलाबारी विजयी भएको छ । हिमालयनले थेसिस अंग्रेजी माविलाई पराजित गरेको हो ।

अर्को सम्पन्न अन्तिम क्वाटर फाइनलमा आयोजक अरुणोदय आवासीय मावि विजयी भएको छ । आयोजक अरुणोदयले तारापुञ्ज अंग्रेजी मावि काँकरभिट्टालाई पराजित गरेको हो ।

प्रतियोगिताको दोस्रो दिन ११ वटा खेल सञ्चालन गरिएको र क्वाटर फाइनल सम्मका सम्पूर्ण खेल सञ्चालन गर्नका लागि सन्ध्याकालीन खेल समेत सञ्चालन गरिएको खेल संयोजक राजकुमार विश्वकर्माले जानकारी दिए ।

यसअघि विहीवार नै भएको पहिलो खेलमा आदर्श बिद्या मन्दिर धुलाबारीलाई हराउँदै वन्डर ल्याण्ड इङ्लिस स्कूल विजयी भएको थियो ।

दोस्रो खेलमा आयोजक अरुणोदय आवासीय मावि विजयी भएको छ । अरुणोदयले फाक्तालुङ दुर्गापुरलाई हराएको हो ।

तेस्रो खेलमा धुलाबारी माविलाई हराउँदै मुनाल एकाडेमी चन्द्रगढी विजयी भएको छ । चौथो खेलमा अरुणोदय माविले सूर्योदय अंग्रेजी माविलाई हराएको हो ।

पाँचौ खेलमा टावर टेम्पल स्कूल बिर्तामोडलाई हराउँदै होलीबेल अंग्रेजी मावि विजयी भएको थियो । छैटौं खेलमा आदर्श विद्या मन्दिर धुलाबारीलाई हराउँदै थेसिस अंग्रेजी मावि विजयी भएको थियो ।

सातौं खेलमा इडन गार्डेन अंग्रेजी माविले सनसाइन अंग्रेजी माविलाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको थियो ।

इडन गार्डेन क्वाटर फाइनलमा मुनाल एकाडेमी चन्द्रगढीसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: