‘नानीहरुलाई खोप अनिवार्य लगाऔं’

मेचीनगर । मेचीनगर प्रमुख विमल आचार्यले शनिबारदेखि सुरु हुने राष्ट्रिय खोप कार्यक्रम दादुरा रुबेला खोप अभियानमा सहभागी हुन आम नगरवासीमा आग्रह गरेका छन् ।

शुक्रबार मेचीनगर नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाको सभाहलमा आयोजना गरेको नगरपालिका स्तरीय अभिमुखीकरण एवम् अन्तरक्रियामा बोल्दै प्रमुख आचार्यले सबैलाई जानकारी गराएका हुन् ।

खोप पाउनु हरेक बालबालिकाको नैसर्गिक अधिकार भएकाले हरेक अभिभावकले आफ्ना बालबालिकालाई अभियानमा सहभागी गराएर खोप लगाउनु मुख्य कर्तव्य भएको नगर प्रमुख आचार्यको भनाइ थियो ।

फागुन १० देखि १८ गतेसम्म सञ्चालन हुने दादुरा रुबेला खोप अभियानमा नगरका १५ वटै वडाका ९ महिनादेखि ५ वर्षमुनिका ९ हजार ५४० जना बालबालिकालाई दादुरा रुबेला खोप लगाउने शाखाले जनाएको छ ।

यसैगरी, अभियानको क्रममा नगरभरिका जन्मेदेखि ५ बर्षमुनिका ११ हजार ६ सय ३६ जना लक्षित बालबालिकालाई पोलियो थोपा समेत खुवाउने शाखाका सहसंयोजक रामनारायण यादवले जानकारी दिए ।

नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा शाखा सहसंयोजक यादवले दादुरा रोगका जटिलता, कार्यक्रमको अपेक्षित लक्ष्य, उद्देश्य, दादुरा रुबेला रोगको परिचय पृष्ठभूमि, अवस्था र अभियानको औचित्य, दादुरा रोगको परिचय, सर्ने तरिका, लक्षण र चिन्हहरु, रोगको उपचार तथा बच्ने उपाय रोग सर्ने तरिका, रुबेला रोग लागेमा हुने जटिलताका बारेमा सहभागीलाई जानकारी गराए ।

कार्यक्रममा धुलावारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेल, १४ नम्बर वडाका वडाध्यक्ष शङ्करप्रसाद पोखरेल, स्वास्थ्यकर्मी दिवाकर पौडेललगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन स्वास्थ्यकर्मी दीपेन्द्र चौधरीले गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख आचार्य संयोजक तथा उपप्रमुख उप्रेती सहसंयोजक रहने गरी नगरस्तरीय खोप समन्वय समिति गठन गरिएको छ । समितिमा नगरका सबै वडाका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, सरकारी कार्यालयका प्रमुख, नगरपालिकाको शिक्षा शाखा प्रमुख, नगरपालिकाका प्रेस संयोजक, नगरपालिका क्षेत्रका स्वास्थ्य केन्द्रका प्रमुखहरु, महिला स्वास्थ्य स्वय्मसेवीका मध्येबाट १ जना, महिला विकास विद्यालयका प्रधानध्यापकहरु मध्येबाट १, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुमध्येबाट १ जना सदस्य रहने निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: