रहेनन् सहाराका अध्यक्ष

झापा । सहारा नेपाल सहकारी संस्था केन्द्रीय कार्यालय बिर्तामोडका अध्यक्ष ताराप्रसाद सञ्जेलको निधन भएको छ ।

वि.सं.२००८ असार २६ गते जन्मिएका सञ्जेलको मृगौला सम्बन्धी रोगका कारण शुक्रबार निधन भएको हो ।

उनी दुई वर्षदेखि मृगौला रोगबाट पीडित थिए । सहारा नेपालका संस्थापक शेयर सदस्य रहेका उनी विगत सात वर्षदेखि निरन्तर अध्यक्ष पदमा रहेर सहारालाई उचाइमा पुर्याउन महत्वपूर्ण योगदान गरेका थिए ।

सञ्जेल भानु माध्यमिक विद्यालय अर्जुनधाराका पूर्व प्रधानाध्यापक समेत हुन् ।

अध्यक्षको निधनसँगै सहकारीले शनिवार विहान साढे दशदेखि ११ वजेसम्म सहकारीको भवनमा श्रद्धाञ्जलि सभा गरिने सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

सञ्जेलका श्रीमती तारादेवी, छोरा÷वुहारीहरु भूपाल–विनिता, लीला–नीतु सञ्जेल छन् भने छोरी÷ज्वाईहरु देविका–योगेन्द्र खत्री, मुना–राजु रिजाल छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: