भारतको लकडाउन नखुलेसम्म यता नखुल्ने - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

भारतको लकडाउन नखुलेसम्म यता नखुल्ने

झापा । सरकारले लकडाउनको समय आगामी वैशाख ३ गतेसम्मका लागि थप गरेको छ ।

सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख ३ गतेसम्मको लागि लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

अहिलेसम्म देशभर ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सुदूरपश्चिममा भारतबाट आएका युवकमा समेत संक्रमण देखिएपछि अरुमा पनि सर्ने सम्भावनाको कारण सरकारले र्यापिड टेष्ट गर्ने घोषणा गरिसकेको छ । उच्चस्तरीय समन्वय समितिले एक साता समय थप बैठकमा सिफारिस गरेको थियो ।

सरकारले गत चैत ११ गते पहिलो पटक सात दिनका लागि लकडाउन गरेको थियो । त्यसपछि पनि संक्रमित बिरामीको सङख्या थपिदै गएकाले लकडाउनको समय २५ गतेसम्म पुर्याएको हो ।

भारतमा लकडाउन वैशाख २ गतेसम्मका लागि कायम गरेको छ ।

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: