अख्तियारमा शिक्षाका उजुरी धेरै

  प्रकाशित मिति
७ असार २०७३, मंगलवार १८:२४


vrastachar

विर्तामोड । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झापा जिल्लाबाट परेका उजुरीमा शिक्षा मन्त्रालयका गतिविधिप्रति लक्षित उजुरीको सङ्ख्या धेरै पाइएको छ ।

अख्तियारको धनकुटास्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालयले जनाए अनुसार आव २०७०÷०७१ देखि चालू आवसम्मको तीन वर्षमा झापा जिल्ला शिक्षा कार्यालयसँग सम्बन्धित ७३ वटा उजुरी छानविनका लागि दर्ता भएका छन् ।

क्षेत्रीय अख्तियार प्रमुख रविन्द्र शर्माले शिक्षक नियुक्ति, भौतिक निर्माण लगायतका विषयमा अनियमितता भएको भन्दै परेका उजुरीको छानविन भइरहेको बताए ।

अख्तियारमा परेका उजुरीको तथ्याङ्क हेर्दा शिक्षापछि स्थानीय निकाय, भूमिसुधार, बन र गृह मन्त्रालयका विषयमा बढी उजुरी परेका छन् ।
स्थानीय निकायका ६८, भूमिसुधारका ५१, बनका ३२ र गृहका १६ उजुरी अख्तियारमा दर्ता भएका छन् । शहरीका १५, कृषिका १० र अन्य ६१ वटा उजुरी विगत ३ वर्षमा दर्ता भएका छन् । तीमध्ये २ सय १८ वटा उजुरीको फस्र्योट भइसकेको र ४२ वटा बाँकी रहेका छन् ।

पूर्वाञ्चलका १६ जिल्लामध्ये अख्तियारमा धेरै उजुरी पर्ने जिल्लामा झापा टप फाइभमै परेको छ । उजुरी चाहिँ अधिकांश बेनामे पर्ने गरेको छ ।
तीन वर्षमा पूर्वाञ्चलबाट परेको ३ हजार ६ सय १७ वटा उजुरीमध्ये १ हजार ४ सय ५६ वटा बेनामे रहेका छन् । उजुरीकर्ताको नाम उल्लेख गरेर सो अवधिमा १ हजार ४१ उजुरी परेको छ ।

अख्तियारले भ्रष्टाचारजन्य गतिविधिका उजुरी पत्रपत्रिकामा प्रकाशित समाचारका आधारमा समेत आफै दर्ता गर्ने प्रचलन छ । जस अनुसार पूर्वमा ३ वर्षमा ७१ वटा उजुरी पत्रिकाको समाचारका आधारमा दर्ता गरिएको अख्तियारका क्षेत्रीय प्रमुख शर्माले जनाए ।

अख्तियारले बेनामे, नाम मात्र उल्लेख गरेर, नाम ठेगानासहित, संस्थागत, इमेल फ्याक्स र टेलिफोनमार्फत पनि उजुरी लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: