अख्तियार प्रमुखमा पूर्व सचिव राई सिफारिस

  प्रकाशित मिति
५ पुष २०७७, आईतवार १५:५८


झापा, ५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन् ।

संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको स्रोतले जानकारी दियो । अन्य निकायहरुमा पनि नियुक्ति सिफारिसको निर्णय भएको छ ।

‘निर्णय सार्वजनिक भयो कि भएन मलाई थाहा छैन तर नियुक्तिको निर्णय ३० गते भएको हो,’ स्रोतले भन्यो, ‘रिक्त रहेका धेरैजसो संवैधानिक निकायमा नियुक्तिको सिफारिस भएको छ ।’

सरकारले मंसिर २९ गते संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेको थियो । लगत्तै ३० गतेको बैठकले सिफारिसको निर्णय लिएको हो ।

अख्तियारमा सिफारिस भएका राई प्रधानमन्त्री केपी ओलीनिकट मानिन्छन् । उनले झन्डै एक वर्षअघि सचिवबाट अवकाश पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: