अग्नि खरेल र रबिन कोइरालाले दिए बिजेताहरुलाई बधाइ

  प्रकाशित मिति
७ मंसिर २०७९, बुधबार १९:४६


मेचीनगर, ७ मंसिर । झापा–१ मा उपबिजयी बनेका नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल र केन्द्रीय सदस्य रबिन कोइरालाले बिजेताहरुलाई बधाइ दिएका छन् ।

झापा–१ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र प्रदेश–१ मा नेपाली कांग्रेसकै गोपाल तामाङ निर्वाचित बनेका छन् ।

त्यसैगरी, प्रदेश–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी मेचीनगर अध्यक्ष सबिना बजगाई निर्वाचित भएकी छन् ।

बिजयी भएका शर्मा र तामाङ सत्ता गठबन्धनका उम्मेद्वार हुन् भने बजगाई नेकपा एमालेसँगको तालमेलमा उम्मेद्वार बनेकी हुन् ।

आज साँझ एमालेका उम्मेद्वारद्वय खरेल र कोइरालाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनबाट बिजयी शर्मा र तामाङसहित एमाले तालमेलबाट बिजयी बजगाईलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

‘यसपटकको निर्वाचनमा यस क्षेत्रका जनताले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ हामीलाई दोस्रो स्थानको मत दिनु भनेको हामीले आफ्ना कमी कमजोरी सच्याएर आगामी दिनमा पहिलो बन्नुपर्छ र त्यसका लागि यस घटनालाई शिक्षाको रुपमा ग्रहण गर्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ–‘निरंकुशतन्त्रविरुद्ध लोकतन्त्र प्राप्ति र रक्षाका पक्षमा निरन्तर लाग्दै आएका हामी जनताको अभिमतलाई सदैव शिरोधार्य गर्दछौं ।’

एमाले उम्मेद्वारद्वय खरेल र कोइरालाले नेकपा एमालेलाई मत प्रदान गर्ने मतदाता, चुनाव प्रचारमा खटिने इमान्दार कार्यकर्ता, निर्वाचन कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई हार्दिक आभार व्यक्त गरेका छन् ।

आगामी दिनमा झापा–१ का जनताको पक्षमा सदैव अग्रणी भूमिका निर्वाह गर्ने एमाले नेताद्वयको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: