झापा, १६ भदौ । अग्रज पत्रकार नकुल काजीको संघर्षशील पत्रकारिता यात्राका बारेमा अर्का पत्रकार बिजय बरालले लघु वृत्तचित्र निर्माण गरेका छन् ।
मंगलवार साँझ ७ बजे (आज) बिन्जु मिडिया कर्नर नामक फेसबुकमार्फत बरालले अग्रज पत्रकार काजीको वृत्तचित्र सार्वजनिक गरे ।
४० मिनेट जति लामो सो वृत्तचित्रमा काजीको बाल्यकाल, विद्यार्थीकाल र पत्रकारिताको सिंगो जीवनलाई संक्षेपमा समेट्ने प्रयास गरिएको छ ।
पाँच दशक अघिदेखि पत्रकारिता र साहित्य जगतमा होमिएका अग्रज पत्रकार नकुल काजीका दर्जनौ साहित्यिक कृति प्रकाशित छन् भने विवेचना, बरुण, इस्टर्न इको लगायतका थुप्रै पत्रपत्रिका उनकै सम्पादकत्वमा प्रकाशित थिए ।
हेर्नुहोस् बरालको निर्देशन र छायांकनमा निर्माण भएको वृत्तचित्र…..