अग्रज पत्रकार चन्द्र भण्डारी नसामा रगत जमेपछि अस्पताल भर्ना

  प्रकाशित मिति
१ असार २०७७, सोमबार ०९:०८


मेचीनगर, १ असार । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव एवम् कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी अचानक अस्वस्थ भएका कारण उपचारका लागि विर्तासिटी हस्पिटलमा भर्ना गरिएको छ ।

विर्तासिटी हस्पिटलका अध्यक्ष गोपालकुमार बस्नेतका अनुसार आइतवार अपरान्ह अग्रज पत्रकार भण्डारीलाई उपचारका लागि विर्तासिटी ल्याइएको थियो ।

चिकित्सकहरुले उनको मस्तिष्कको नसाभित्र रगत जमेको बताएका छन् । तत्कालै चिकित्सकहरुले सफलतापूर्वक शल्यक्रिया गरेको हस्पिटलका अध्यक्ष बस्नेतले लोकतन्त्र पोस्टलाई जानकारी दिएका छन् ।

पारिवारिक स्रोतका अनुसार आइतवार अपरान्ह ४ बजेतिर टाउको दुखेपछि पत्रकार भण्डारीलाई उपचारका लागि विर्तासिटी पुर्याइएको थियो ।

चिकित्सकहरुले आइतवार नै शल्यक्रिया गरेका छन् । हाल आइसीयुमा राखिएको छ भने स्वास्थ्यमा सुधार आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: