अग्रज पत्रकार बराललाई जनसेवाश्री पदक

  प्रकाशित मिति
३ आश्विन २०७८, आईतवार १०:१९


झापा, ३ असोज । अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य लिला बराल जनसेवाश्री पदकबाट विभूषित भएका छन् ।
राष्ट्रपतिले आज संविधान दिवसको अवसर पारेर उक्त सम्मान घोषणा गरेकी हुन् ।

आगामी वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले बराललाई उक्त सम्मान प्रदान गर्नेछिन् ।

पत्रकारिताको माध्यमबाट राष्ट्रको विशिष्ट सेवा गरेवापत पत्रकार बराललाई यो सम्मान दिइएको हो । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले पदकहरु वर्षेनी प्रदान गर्ने व्यवस्था छ ।

कान्तिपुर दैनिक, पूर्वाञ्चल दैनिक, शनिवार साप्ताहिक लगायत थुप्रै पत्रपत्रिकामा विगत तीन दशक अघिदेखि कार्यरत बराल विर्तामोड निवासी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: