अग्रज पत्रकार बराललाई मातृ शोक

  प्रकाशित मिति
२ असार २०७३, बिहीबार १६:०६


lila sir ama

विर्तामोड । नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य, कान्तिपुर दैनिकमा आवद्ध अग्रज पत्रकार एवम् प्रेस क्लव विर्तामोडका अध्यक्ष लीला बराललाई मातृ शोक परेको छ ।

बरालकी ममतामयी माता चन्द्रकला बरालको ८३ वर्षको उमेरमा विहीवार अपरान्ह ३ बजे विर्तामोड–७ स्थित निजी निवासमा निधन भएको हो ।

अल्जाइमर्स सम्बन्धी स्वास्थ्य समस्याबाट लामो समयदेखि पीडित चन्द्रकलाको विर्तामोडको मनमोहन मेमोरियल अस्पतालमा उपचार गरिदै आएको थियो ।

उनका जेठा छोरा बद्री बराल र कान्छा छोरा लीला बराल हुन् । सात छोरीहरू कोपिला, कान्ति, निर्मला, बबिता, मञ्जु, नीरु र अम्बिका रहेका छन् ।

पत्रकार लीला बरालका वुवा चन्द्रप्रसाद बरालको २०४७ साल साउनमा निधन भएको थियो ।

बुवा पदमलाल घिमिरे र आमा चित्ररेखा घिमिरेको कोखबाट चन्द्रकलाको जन्म १९९० साल मङ्सिर १० गते पाँचथरको लिम्बामा भएको थियो ।

टाढाबाट छोरी लगायतका आफन्त आउन बाँकी रहेकाले स्व. चन्द्रकलाको अन्त्येष्टि शुक्रवार गरिने पारिवारिक श्रोतबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: