अग्रज पत्रकार भण्डारीको स्वास्थ्यमा सुधार

  प्रकाशित मिति
१ असार २०७७, सोमबार ०९:५५


विर्तामोड, १ असार । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव एवम् राजनीतिक व्यक्तित्व चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आएको छ ।

सोमवार विहान विर्तासिटी हस्पिटलको आइसीयुमा भेटेर आएका नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाईले भण्डारीको स्वास्थ्यमा निरन्तर सुधार आएको लोकतन्त्र पोस्टसँग बताए ।

मस्तिष्कको नसामा रगत जमेका कारण आइतवार अग्रज पत्रकार भण्डारीलाई उपचारका लागि विर्तासिटी हस्पिटल भर्ना गरिएको हो ।
न्यूरो सर्जन डा. सीपी लिम्बुको टिमले शल्यक्रिया गरेको हो ।

‘मैले विहानै भेटें, उहाँले हातको इसाराले स्वास्थ्यमा सुधार भइरहेको जनाउनुभयो,’ पत्रकार हुमागाईले भने–‘१०–१२ दिन अघिदेखि आधापाटो टाउको दुखिरहेको छ भन्नुहुन्थ्यो, नसामा रगत जमेको रहेछ ।’

हुमागाईले तत्कालै सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेकोमा उपचारमा संलग्न विर्तासिटी हस्पिटलका चिकित्सक टिमलाई धन्यवाद दिएका छन् ।

अग्रज पत्रकार भण्डारी नेपाल पत्रकार संघलाई पत्रकार महासंघमा रुपान्तरण गरेपछिको पहिलो महासचिव हुन् । उनी कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक र मेचीनगर नगरपालिकाका संस्थापक उपप्रमुख समेत हुन् ।

नेपालको कम्युनिस्ट एवम् लोकतान्त्रिक आन्दोलनमा अग्रणी योद्धाको भूमिका निर्वाह गरेका भण्डारीले पञ्चायती शासनमा एक दशक कारावासको यातना समेत व्यहोरेका छन् । उनी चर्चित जनवादी स्रष्टाको रुपमा परिचित छन् । उनका दर्जनौं जनवादी गीत रेकर्ड भएका छन् । उनी साहित्यकार तथा सामाजिक अभियन्ता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: