झापा । नेपाल पत्रकार महासंघले आफ्नो ६४औँ स्थापना दिवसरका अवसरमा झापाका अग्रज पत्रकार चन्द्र भण्डारीसहित पूर्वपदाधिकारी र उत्कृष्ट शाखालाई सम्मान गरेको छ ।
शनिवार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महासंघका केन्द्रीय पूर्वपदाधिकारीहरु राधा बुढाथोकी (उपसभापति), चित्राङ्ग थापा (उपसभापति), चन्द्र भण्डारी (महासचिव), कर्णदेव भट्ट (उपसभापति), ईश्वरचन्द्र गौतम (उपसभापति), हेमन्त कर्माचार्य (उपसभापति) र तेजबहादुर भण्डारी (उपसभापति) लाई सम्मान गरेका छन् ।
त्यसैगरी महासंघले यज्ञ शर्मा (उपसभापति), गोपाल बुढाथोकी (उपसभापति), उमिद बागचन्द (उपसभापति), सञ्जय सन्तोषी राई (उपसभापति), कृष्णप्रसाद बस्याल राकेश (उपसभापति), डीआर पन्त (उपसभापति), गङ्गाधर पराजुली (उपसभापति), पोषण केसी (महासचिव), यशोदा तिम्सिना (उपाध्यक्ष), ओम शर्मा (महासचिव), खिलबहादुर भण्डारी (उपाध्यक्ष), अनिता बिन्दु (उपाध्यक्ष) र उजिर मगर (महासचिव) पनि सम्मान गरेको छ ।
सोही अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले लोतन्त्रलाई बचाइराख्न न्यायपालिका र पत्रकारिता क्षेत्र स्वतन्त्र हुनुपर्नेमा जोड दिए । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले महासंघ सधैँभरि श्रमजीवी पत्रकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए ।
महासंघका पूर्वअध्यक्ष डा महेन्द्र विष्ट र पूर्वसभापति हरिहर विरहीले नेपालको पत्रकारिता क्षेत्र समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए । महासंघका पूर्वउपाध्यक्ष राधा बुढाथोकी र महासंघका पूर्वमहासचिव चन्द्र भण्डारीले पत्रकारितालाई जिम्मेजार तथा मयार्दित बनाउन गरे ।