खोई अग्रज र पूर्खाको सम्मान ?

  प्रकाशित मिति
१५ कार्तिक २०७९, मंगलवार १०:१०


कृष्णप्रसाद उप्रेती ।

कर्मैमा हक तिम्रो छ फलमा छैन अर्जुन
नराख फलको आशा नछोड कर्म बन्धन ।

आफ्ना पूर्खाका निमित्त अभिमन्युले युद्धमा आफ्नो प्राण त्यागे । हाम्रो नेपालमा आफ्ना अग्रजलाई बुडा, सुड्डा, बृद्ध, पिण्ड खाने आदि इत्यादि विभिन्न अपशब्दका नामले पुकारिने गरिएको छ । यस्तो किन ?

‘होशियार १ आफ्ना अग्रज र पूर्खाको जुन देशमा मान र सम्मान हुँदैन,
ती  देशका मान्छेहरुको अद्योगति हुने निश्चित छ भन्ने कुरा ठोकेर भन्न सकिन्छ ।’

तिमी भुइँफुट्टाहरु पहिल्यै जन्मेका हौ कि तिम्रा बाउआमा थिए । जुन तरिकाले बुबा–आमा र आफ्ना अग्रजहरुलाई बेइज्जत गरिरहेका छौँ, तिम्रा सन्ततिले त्यही सिकेर पछि तिम्रो के हालत बनाउलान् ?

कामका नाममा सिन्को नभाँच्ने, बाबुआमाले हड्डी घोटेर कमाइ दिएको सम्पत्ति अंशका नाममा लुटेर मोजमज्जा गर्ने अनि तिनै पूर्खालाई सत्तोसराप गर्ने ?

याद रहोस् ६० बर्ष पहिला यो देशमा तराईमा गोरुगाडी र पहाडमा खकनतोक्मा, ढाकर र भार अनि सबै मान्छेहरु खाली खुट्टा टाउकामा नाम्लोको डोब, पैतालामा ठेला उठाएर तरबार र खुकुरीको भरमा यो देश बचाइदिएका थिए र अहिले तिमीहरु उफ्रिन पाएका छौँ ।

तिनै पूर्खाहरुको बेइज्जत र अपमान गर्न लागेका छौँ । अहिले त सुन्दैछु, ७० वर्षमाथि पुगेका ज्येष्ठ नागरिकलाई मान्छे नै होइनन् र भोटसम्म नदिनू भनेर उफ्रिने यो देशका बुङ्गाहरु पनि एक दिन ७० वर्ष पुग्दैनौं र ?

तिम्रै संस्कार सिकेर नातिहरुले डोकामा बोकेर भिरबाट लडाइदेलान् । होशियार ! आफ्ना अग्रज र पूर्खाको जुन देशमा मान र सम्मान हुँदैन, ती  देशका मान्छेहरुको अद्योगति हुने निश्चित छ भन्ने कुरा ठोकेर भन्न सकिन्छ ।

(मेचीनगर–६, काँकरभिट्टा)
सम्पर्क मो. : ९८५२६६२००२

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: