अझासद्वारा २३ लाखको स्वास्थ्य सामग्री सहयोग

  प्रकाशित मिति
२७ जेष्ठ २०७८, बिहीबार ११:११


 

झापा, २७ जेठ । अक्सिजन बैंकका लागि अन्तर्राष्ट्रिय झापाली समाज (अझास) ले एक सयवटा सिलिन्डर बापतको १५ लाख रुपैयाँ प्रदान गरेको छ ।
एकका लागि एक अभियानले स्थापना सो बैँकका लागि मुख्य साझेदारको रुपमा रहेको समाजले बुधबार सहारा नेपालको केन्द्रीय कार्यालय चारपानेमा उक्त रकमको चेक प्रदान गरेको हो ।
समाजको तर्फबाट उपाध्यक्ष नवीन पोखरेलले १५ लाख रुपैयाँको चेक कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतलाई हस्तान्तरण गरेका छन् ।

समाजले अभियान र स्थानीय पालिका तथा प्रशासनलाई सहयोग हस्तान्तरण र समन्वयका लागि पोखरेललाई संयोजकको जिम्मेवारी दिइएको छ । विश्वका ४२ वटा देशमा समाज अन्तर्गत राष्ट्रिय समिति रहेका छन् । बुधबार नै जिल्ला प्रशासन कार्यालयलाई शव व्यवस्थापनमा आवश्यक हुने ब्याग, फेस सिल्ड, पिपिई लगायतका सामग्री हस्तान्तरण गरिएको छ । प्रजिअ तिमिल्सिनालाई उपाध्यक्ष पोखरेलले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

समाजले झापाका १५ वटै स्थानीय तहमा आठ लाख मूल्य बराबरको पिपिइ, भिटिएम किट, एन्टिजेन्ट किट, ग्लोब्स, एन ९५ मास्क र सर्जिकल माक्स, फेस सिल्ड, सेनिटाइजर तथा कोरोना उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण गरेको छ । कार्यक्रममा राष्ट्रिय समितिका प्रतिनिधिहरु भीम पोखरेल, दुर्योधन कार्की, एकका लागि एक अभियानको तर्फबाट शिव कँडेल लगायतको सहभागिता थियो ।

कोरोनाविरुद्धको लडाइँमा सहयोग पुर्याउन तथा कसैले अक्सिजन र आवश्यक उपचार अभावमा जीवन गुमाउनु नपरोस् भनेर सहयोग प्रदान गरिएको अस्ट्रेलियामा रहेका समाजका संरक्षक दिनेशकुमार पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: