अझै आएन पाठ्यपुस्तक

  प्रकाशित मिति
७ बैशाख २०७४, बिहीबार ०७:५६


book

झापा । बैशाख ३ गतेदेखि यो वर्षको शैक्षिक सत्र सुरु भएको छ । सामुदायिक विद्यालयले भर्ना अभियानलाई पनि उत्तिकै तिब्रता दिएका छन् । तर, विद्यालय खुलेको एक साता वित्न लाग्दा पनि सामुदायिक विद्यालयको पाठ्यपुस्तक विद्यालयसम्म पुग्न सकेको छैन ।

हरेक वर्ष हुने पुस्तक अभावको यो समस्या अहिले पनि दोहोरिएको छ । अघिल्लो वर्ष ६ महिनासम्म पनि पुस्तक नआएपछि जनक शिक्षा सामाग्री केन्द्रले फागुन अन्तिमसम्ममा हरेक जिल्लामा पुस्तक पुर्याउने भने पनि अहिलेसम्म पुर्याउन सकेको छैन् । जसको प्रत्यक्ष असर विद्यार्थीमा पर्ने गरेको छ ।

‘विद्यालय त आयो, तर पुस्तक नै पाइएको छैन’ बालकल्याण मावि मेचीनगर–८ मा कक्षा १० मा अध्ययनरत अमिर भण्डारीले भने–‘पुस्तक नभएका कारण पढाइ समेत हुन सकेको छैन ।’

कक्षा १ देखि ५ सम्मको पुस्तक बाहेक अन्य कुनै पनि कक्षाको पुरा पाठ्यपुस्तक बजारमा आएको छैन् । अहिलेसम्म कक्षा ६, ७ र ८ को केही र कक्षा १० जनसंख्या मात्र पुस्तक उपलब्ध छ ।

‘पुस्तक बेलामा नआउँदा हामीलाई पनि समस्या भएको छ’ कृतिषा भेराइटीज स्टोर इटाभट्टाका सञ्चालक कृष्ण पुरीले भने–‘१५ वटा विद्यालयलाई पुस्तक दिनुपर्ने अहिलेसम्म पुरा पुस्तक उपलब्ध गराउन सकिएको छैन ।’

वर्षेनी ८० लाख भन्दा धेरैको पाठ्यपुस्तक विव्रmी गर्दै आएका विर्तामोडका व्यवसायी युवराज डाँगीले पनि समयमा पुस्तक नआउँदा विद्यार्थीलाई असर परेको बताए । उनले एक महिना अघि नै जनक शिक्षा सामग्री गए पनि १७ हजारको मात्र पुस्तक पाएको बताए ।

उनले जनक शिक्षा सामाग्रीको लापरवाहीका कारण समयमा पुस्तक उपलब्ध हुन नसकेको बताए । विर्तामोडमा रहेको डाँगी प्रेसका सञ्चालक समेत रहेका डाँगीले झापाका ५० वटा भन्दा धेरै विद्यालय र १० वटा भन्दा धेरै पुस्तक पसललाई पाठ्य पुस्तक उपलब्ध गराउँदै आएका छन् । तर, यो वर्ष आधालाई पनि पुस्तक पुर्याउन नसकेको उनले बताए ।

अहिलेसम्म झापामा ५० प्रतिशत मात्र पुस्तक उपलब्ध छ । कक्षा १० को जनसङ्ख्यादेखि बाहेक सबै पुस्तक अभाव रहेको छ ।
जनक शिक्षा सामाग्री केन्द्रले सोमवारसम्ममा पुस्तक उपलब्ध गराउने बताएको छ ।

समयमा पुस्तक उपलब्ध नहुँदा समयमा कोर्ष सिध्याउन नसकिएको आदर्श माविका प्रधानाध्यापक हेमकुमार खड्काले बताए । ‘समयमा पुस्तक आउँदैन हामीले के गर्ने ?’ प्रधानाध्यापक खड्काले भने–‘किताव नभएपछि पढाइलाई निरन्तरता दिन सकिन्दैन । जसको असर परीक्षामा हुने गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: