अटो मेकानिक्स युनियनमा निर्मला

  प्रकाशित मिति
२१ भाद्र २०७३, मंगलवार ११:२३


Untitled

बिर्तामोड । नेपाल अटो मेकानिक्स ट्रेड युनियन झापाको आठौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । झापाको बिर्तामोडमा सम्पन्न जिल्ला अधिवेशनले निर्मला परियारको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

विभिन्न सङ्घ–संस्थामा आबद्ध अध्यक्ष परियार सामाजिक क्षेत्रमा पनि सक्रिय छिन् । त्यसैगरी, ट्रेड युनियन जिल्ला उपाध्यक्षमा छवी सिटौला र सचिवमा राजकिशोर साह निर्विरोध चयन भएका छन् । सदस्यहरुमा मञ्जुर आलम, अमीर खान, इकअली खान र नसिम अली खान निर्वाचित भएका छन् । सहसचिव र कोषाध्यक्ष पछि चयन गरिने नवनिर्वाचित अध्यक्ष परियारले जनाएकी छिन् ।

युनियनका निवर्तमान झापा अध्यक्ष धनपति सत्यालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल अटो मेकानिक्स राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद प्रमुख तथा पूर्व केन्द्रीय सदस्य माधवप्रसाद पाण्डेले व्यावसायिक हकहितका लागि सबै लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन् । पाण्डेले राजनीतिक वातावरण सङ्लिएपछि आर्थिक विकास र समृद्धिको युग सुरु हुने बताए । उनले भने – ‘व्यावसायिक सुरक्षा र हकहितका लागि लड्नु परिरहेको सन्दर्भमा अब चाहिँ मुलुकमा केही आशा गर्न सकिने स्थिति बन्दै गएको छ ।’

अटो मेकानिक्स ट्रेड युनियनकी निवर्तमान झापा सचिव निर्मला परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि ट्रेड युनियन महासङ्घका सदस्य तथा मेची अध्यक्ष सन्तकुमार राई, विशेष अतिथि नेपाल अटो मेकानिक्स टे«ड युनियनका उपाध्यक्ष पुरुषोत्तम भण्डारी, नेपाल अटो मेकानिक्स टे«ड युनियनका महासचिव तुलसी ढकाल, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय सदस्य हस्तराज राई, एमाले जिल्ला सदस्य प्रेमप्रसाद सिटौला, धनकुमारी लिम्बूलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रायोजक एसटिसी ग्रुपका प्रोप्राइटर अभिषेक आचार्य, पदम न्यौपाने, पदम रेग्मी, एकराज खनाल र विपीन अग्रवाल तथा पुण्यप्रसाद पाठक, गणेश पौडेललगायतको उपस्थिति रहेको थियो । अटो मेकानिक्स ट्रेड युनियन झापामा ३ सयभन्दा धेरै व्यवसायी सम्बद्ध रहेको अध्यक्ष परियारले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: