अठचालीस करोड भत्ता वितरण

  प्रकाशित मिति
५ आश्विन २०७३, बुधबार १३:५५


batta

भद्रपुर, ५ असोज । जिल्ला विकास समितिले आव २०७२÷७३ मा ५३ हजार ३६९ जनालाई रु ४८ करोड ५४ लाख ५१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

ज्येष्ठ नागरिक २८ हजार ३०० लाई रु ३१ करोड ७४ लाख ३८ हजार, ज्येष्ठ नागरिक ९दलित० एक हजार ७७२ लाई रु एक करोड पाँच लाख छ हजार, विधवा १४ हजार ४५ जनालाई रु आठ करोड ४० लाख, पूर्ण अपाङ्गता भएका ९६४ जनालाई रु एक करोड १४ लाख १२ हजार र आंशिक अपाङ्ग ८० जनालाई रु चार लाख १२ हजार वितरण गरेको छ ।

यसैगरी अतिअशक्त ४२५ जनालाई रु २६ लाख ५६ हजार, लोपोन्मुख आदिवासी÷जनजाति दुई हजार २१४ जनालाई रु पाँच करोड ३८ लाख ८० हजार र पाँचवर्ष मुनिका दलित बालबालिका एक हजार ५१० जनालाई रु ५१ लाख ३७ हजार भत्ता वितरण गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: