अढाइसयको आँखा परीक्षण

  प्रकाशित मिति
७ माघ २०७४, आईतवार १८:५८



धुलावारी । नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखा तथा लैङ्गिक समावेशीकरण महिला उपसमिति धुलाबारीको आयोजनामा आइतवार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

धुलावारीस्थित संस्थाको कार्यालयमा आयोजित शिविरबाट २५१ जनाले सेवा लिएका छन् । जसमध्ये २७ जनामा मोतियाविन्दु देखिएकाले उनीहरुलाई थप उपचारका लागि मेची आँखा अस्पताल बिर्तामोड लगिएको रेडक्रस मेचीनगरले जानकारी दिएको छ ।
आँखा परीक्षणमा खस्रे तथा मोतियाविन्दुको समस्या देखा परेकाहरुका लागि निःशुल्क शल्यक्रिया गर्ने संस्थाको योजना अनुरुप उनीहरुलाई मेची आँखा अस्पताल पठाइएको हो ।

आँखा परीक्षणका क्रममा अन्य १२ जनाको आँखामा मासु पलाएको समस्या देखा परेको उपशाखाका सभापति हेमन्तराज दवाडीले जानकारी दिए ।
शिविर मेची आँखा अस्पताल विर्तामोड, फाउन्डेसन आइकेयर र आइरिस इन्टरनेसनलको प्राविधिक सहयोगमा भएको हो । त्यस्तै, धुलावारी माविका विद्यार्थीले पनि शिविरमा सघाएका थिए ।

शिविरमा मेची आँखा अस्पतालका डा. मेमलाल राजवंशी, शैलेन्द्र यादव, कृष्ण रजकसहितको ६ जनाको प्राविधिक टोलीले आँखा परीक्षण गरेको थियो । रेडक्रस मेचीनगर उपशाखाले हरेक बर्ष आँखा शिविर गर्दै आएको छ ।

उपशाखाका सभापति हेमन्तराज दवाडीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रम मेचीनगर–१० का वडाध्यक्ष सुदय पनेरुको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा रेडक्रस झापाका सदस्य कुसुम कोइराला, उपशाखाका सल्लाहकार भीम खवास, शान्ति समाजका अध्यक्ष राधाराम भण्डारी, रामघाट सेवा समितिका सचिव नारायण प्रसाई, मेची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष धु्रव कनाल, मोहन रिजाललगायतको सहभागिता रहेको रेडव्रmस उपशाखा सचिव रमेश दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: