अत्याआवश्यकबाहेक अन्य सामग्री आयातमा रोक

  प्रकाशित मिति
२३ चैत्र २०७६, आईतवार १५:००


काँकरभिट्टा । अत्यावश्यक सामग्री बाहेक कुनै पनि सामान मेची भन्सारबाट नेपाल आयात नगर्न सांसद्, मेयर लगायतको टोलीले सरोकारवाला निकायको ध्यान आकर्षण गराएका छन् ।

प्रदेश १ का सांसद् गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, उपमेयर मिना पोखरेल उप्रेती लगायतको टोलीले आइतबार मेची भन्सार कार्यालयका प्रमुख ध्रुबराज विश्वकर्मालाई उक्त विषयमा ध्यान आकर्षण गराएका हुन् ।

औषधि, ग्यास र पेट्रोलियम पदार्थ बाहेकका सामग्री आयातमा पूर्ण रोक लगाउन उनीहरुले भन्सार कार्यालयका प्रमुख विश्वकर्मालाई आग्रह गरेका थिए ।

सांसद्, मेयर, उपमेयरहरुको सुझावलाई मनन गर्दै उक्त अत्यावश्यक सामग्री बाहेकका अन्य सामान नपठाउने कार्यालयका प्रमुख विश्वकर्माले जानकारी दिए ।

‘भारतबाट आयात भएका अत्यावश्यक बाहेकका अन्य सामान भन्सारमा नै व्यवस्थापन गरेर राख्ने’, प्रमुख विश्वकर्माले भने–‘औषधि, ग्यास र पेट्रोलियम पदार्थ प्रज्ञापन पत्र भरेर पठाउने सहमति भएको छ ।’

भन्सारको नीतिले आयात भएका सबै सामान रोक्न नमिल्ने उनले बताए । तर, कोभिड–१९ को संक्रमण नेपालमा पनि फैलिएपछि अन्य सामान रोक्न बाध्य भएको उनको भनाई छ ।

सोमबारबाट खाद्यान्नका रुपमा तरकारी आइरहेको थियो त्यो पनि भोलिदेखि यस नाकाबाट बन्द गरिने उनले बताए ।

प्लाइउड, पंखा लगायतका सामानका सोह्र चक्के लामा ट्रक भन्सारबाट पास भई ज्यामिरगढी र धुलावारी बजारसिानतिर आउन थालेपछि स्थानीयबासीले कोरोना सर्ने डर मान्दै आपत्ति जनाउँदै आएका थिए । शनिवार ज्यामिरगढी पुर्याइएको तीन वटा ट्र्कलाई भन्सार नै फर्काएर चालकहरुलाई क्वारेन्टाइनमा हालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: